प्रहरीको घुमुवा हुँ भन्दै ठगी गर्ने व्यक्ति लागुऔषधसहित पक्राउ

अशोक यादव


रौतहट । रौतहटमा प्रहरीको घुमुवा हुँ भन्दै ठगी गर्ने व्यक्ति लागुऔषधसहित पक्राउ परेका छन् । जिल्ला प्रहरी प्रवक्ता प्रहरी नायब उपरिक्षक दिपक कुमार रायका अनुसार पक्राउ पर्नेमा जिल्लाको परोहा नगरपालिका वडा नम्बर २ बस्ने सुनिलकुमार बैठा रहेका छन् ।
उनलाई प्रहरीले लागुऔषधसहित पक्राउ गरेको छ । रायका अनुसार प्रहरीको घुमुवा हुँ भन्दै स्थानीय व्यापारीबाट पैसा असुली गरिरहेको भन्ने सूचनाका आधारमा परोहा नगरपालिका २ स्थित रहेको लालबकैया पुल शंका लागि शरिर र झोला चेकजाँच गर्दा बैठा लागू औषध सहित पक्राउ परेका हुन् ।
३५ वर्षीय बैठाको साथ बाट नगद रु १७ हजार ९ सय ३५ रुपैयाँ,, नाईट्रोभेट ट्याब्लेट १० पिस, प्र २–०३–०१९प९५३७ नम्बरको मोटरसाइकिल १ थान , २२ पुरिया लागू औषध गाँजा (२०० ग्राम), मोबाईल १ थान र कोकास डिएक्स १ बोटल फेला परेको प्रवक्ता रायले बताएका छन् । बैठालाइ पक्राउ गरी थप अनुसन्धान कार्य भईरहेको प्रहरीको भनाइ छ ।

कृषि, जडीबुटी तथा पशुधन बिमा कार्यान्वयनको जिम्मा प्रदेश सरकारलाई

राष्ट्रपति पौडेलसमक्ष सम्यक महादानको निमन्त्रणा

पाँचौँ मंका: खलः चेसमा रुपेश जैसवाल विजयी

त्रिनेत्र माध्यमिक विद्यालयद्वारा दीपावली तथा छठ पर्वको शुभकामना व्यक्त
अरुपनि पढ्नुहोस
सबै

तेहरानमा दुई ट्याङ्कर र एक पानी जहाजमा आगलागी भएको इरानको दावी

सातै प्रदेशमा जलन उपचार सेवा विस्तार गर्न जनशक्ति उत्पादन गर्दै सरकार

प्रधानमन्त्री राहत कोषमा मौज्दात १८ अर्ब ३७ करोड नाघ्यो

















