गुल्मीमा जिप दुर्घटना, १४ जना घाइते, २ को अवस्था गम्भीर

नवलपुर टुडे


गुल्मी, असोज २५ । गुल्मीमा आज बिहान जिप दुर्घटना हुँदा १४ जना घाइते भएका छन्। घाइतेमध्ये दुई जनाको अवस्था गम्भिर रहेको जिल्ला प्रहरी कार्यालय गुल्मीका सूचना अधिकारीसमेत रहेका डीएसपी शंकर पोखरेलले जानकारी दिए।
बुटवलबाट गुल्मीको मालिकातर्फ जाँदै गरेको लु १ ज ४४४८ नम्बरको सफारि जिप शुक्रबार बिहान साँढे नौ बजे रिडी–बुर्तिबाङ सडकखण्ड अन्तर्गत गुल्मीको मुसिकोट नगरपालिका-५ इन्द्रेगौँडामा सडकबाट करिब १० मिटर तल खसेर दुर्घटना भएको हो।
‘जिपमा १४ जना सवार थिए। सबै घाइतेछन्,’ डीएसपी पोखरेलले भने, ‘घाइते सबैलाई उपचारको लागि लुम्बिनी मेडिकल कलेज पाल्पा पठाइएको छ। घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर छ। उनीहरुको परिचय खुलेको छैन।’ जिप आफैँ अनियन्त्रित भएर सडकबाट तल खसेको हो।
तीव्र गति र बढी भारको कारण जिप पल्टिएको अनुमान प्रहरीले गरेको छ।

कृषि, जडीबुटी तथा पशुधन बिमा कार्यान्वयनको जिम्मा प्रदेश सरकारलाई

राष्ट्रपति पौडेलसमक्ष सम्यक महादानको निमन्त्रणा

पाँचौँ मंका: खलः चेसमा रुपेश जैसवाल विजयी

त्रिनेत्र माध्यमिक विद्यालयद्वारा दीपावली तथा छठ पर्वको शुभकामना व्यक्त
अरुपनि पढ्नुहोस
सबै

तेहरानमा दुई ट्याङ्कर र एक पानी जहाजमा आगलागी भएको इरानको दावी

सातै प्रदेशमा जलन उपचार सेवा विस्तार गर्न जनशक्ति उत्पादन गर्दै सरकार

प्रधानमन्त्री राहत कोषमा मौज्दात १८ अर्ब ३७ करोड नाघ्यो

















