प्रहरी निरीक्षक शाहीलाई मुद्दा चलाउनुपर्ने रायसहित छानबिन समितिले बुझायो प्रतिवेदन

नवलपुर टुडे


काठमाडौं । ललिपुरका एक व्यवसायीलाई ‘हनी ट्रयाप’मा पारेर ३० लाख रुपैयाँ असुल गरेको घटनामा प्रहरी निरीक्षकलाई नै मुद्दा चलाउनुपर्ने रायसहित छानबिन समितिले प्रतिवेदन बुझाएको छ । ललितपुरका प्रहरी नायव उपरीक्षक (डीएसपी) नरहरि अधिकारी नेतृत्वको छानबिन समितिले तत्कालीन भैँसेपाटी प्रहरी प्रभागका प्रमुख समेत रहेकी इन्स्पेक्टर बिनुकुमारी शाहीलाई मुद्दा चलाउने आधार देखिएको भन्दै सोही सिफारिस गरेको हो ।
घटनामा शाहीको भूमिका शंकास्पद देखिएपछि समितिले यसअघि निलम्बन गर्न सिफारिस गरेको थियो । हाल उनी निलम्बित छन् । असोज ६ गते इटहरीका ताज स्लाम र दर्शन पोखरेलको योजनामा सुस्मा विकले एक व्यवसायीलाई ३० लाख नदिए बलात्कार मुद्दामा फसाउने भन्दै प्रहरी नै प्रयोग गरी रकम असुल गरेका थिए । घटना लगत्तै बनेको समितिले मंगलबार प्रतिवेदन ललितपुरका प्रहरी प्रमुख एसएसपी शेखर खनाललाई बुझाएका थिए ।
ललितपुर प्रहरीले बुधबार प्रतिबेदन उपत्यका प्रहरी कार्यालय रानीपोखरी बुझाएको छ । कार्यालयका एसएसपी विनोद घिमिरेले प्रतिवेदनमा देखिएका कुराको कार्यान्वयनका लागि प्रहरी प्रधान कार्यालय पठाउने तयारी भएको बताए । प्रहरी थुनामा रहेका ताजसँग एसपी कमल थापाको समेत सम्बन्ध देखिएको प्रतिवेदनमा उल्लेख छ । उनीमाथि समेत छानबिन गर्नुपर्ने देखिएको रानीपोखरी प्रहरी स्रोतले जानकारी दियो ।

कृषि, जडीबुटी तथा पशुधन बिमा कार्यान्वयनको जिम्मा प्रदेश सरकारलाई

राष्ट्रपति पौडेलसमक्ष सम्यक महादानको निमन्त्रणा

पाँचौँ मंका: खलः चेसमा रुपेश जैसवाल विजयी

त्रिनेत्र माध्यमिक विद्यालयद्वारा दीपावली तथा छठ पर्वको शुभकामना व्यक्त
अरुपनि पढ्नुहोस
सबै

तेहरानमा दुई ट्याङ्कर र एक पानी जहाजमा आगलागी भएको इरानको दावी

सातै प्रदेशमा जलन उपचार सेवा विस्तार गर्न जनशक्ति उत्पादन गर्दै सरकार

प्रधानमन्त्री राहत कोषमा मौज्दात १८ अर्ब ३७ करोड नाघ्यो

















