कपिलवस्तुको कृष्णनगरमा हतियारसहित दुई भारतीय नागरिक पक्राउ
धर्मेन्द्र कुमार कुर्मी

कपिलवस्तु । कृष्णनगर नगरपालिका- ८ गणेशपुरबाट हतियारसहित दुई जना भारतीय नागरिक पक्राउ परेका छन् । बहादुरगन्जको प्रहरी नायव निरिक्षक धनबहादुर थापाको कमाण्डमा खटिएको टोलीले चन्द्रौटाबाट कृष्णनगरतर्फ आउँदै गरेको बेला विशेष सूचनाको आधारमा दुई जनालाई हतियारसहित पक्राउ गरेको बताईएको छ ।
उनीहरुको साथबाट पाँच राउण्ड गोली लोड भएको मेड इन कानपुर लेखेको रिभल्भर नाल एक र एक थान गोलीको खोका समेत फेला परेको थापाले बताउनुभयो । पक्राउ पर्नेहरुमा भारत उत्तर प्रदेश पिपरा गौतम पिकउरा जनुबी महसोन वस्ति बस्ने ३५ वर्षीय प्रितमकुमार र देवापार, हरनखा वस्तिका २२ वर्षीय सुरज द्विवेदी रहेको सइ थापाले बताउनुभयो ।
सुरजले कम्मरमा लुकाई छिपाई राखेको अवस्थामा सो हतियार र गोली बरामद भएको उहाँको भनाइ छ । उनीहरुको साथबाट तीन थान मोबाइल फेनरामाइन इन्जेक्सन थान–३, प्लाष्टिकसहित प्याक गरिएको सिरिन्ज थान–२, एम्पुलेक्स पत्ता थान–१, नाम नखुलेको अन्य औषधीको खाली पत्ताहरु समेत बरामद भएको छ ।
दुबै जना लागुऔषध सेवन गरी लठ्ठीएको अवस्थामा पक्राउ परेका थिए । घटनाको अनुसन्धान र दुबै जनासँग सोधपुछ भइरहेको ईप्रका बहादुरगंजले जनाएको छ ।


तनहुँ जलविद्युत् आयोजनाको विद्युतगृह निर्माण अन्तिम चरणमा

जिल्ला अस्पताललाई भवन हस्तान्तरण, तिहारपछि सेवा शुभारम्भ

आजको विदेशी मुद्राको विनिमय दर

गोली हान्न लगाएर उपचारको प्रचारबाजी गर्न लाज लाग्दैन ? भन्दै युवा नेता दुबेको कडा टिप्पणी
अरुपनि पढ्नुहोस
सबै
कृषि, जडीबुटी तथा पशुधन बिमा कार्यान्वयनको जिम्मा प्रदेश सरकारलाई

राष्ट्रपति पौडेलसमक्ष सम्यक महादानको निमन्त्रणा

पाँचौँ मंका: खलः चेसमा रुपेश जैसवाल विजयी

त्रिनेत्र माध्यमिक विद्यालयद्वारा दीपावली तथा छठ पर्वको शुभकामना व्यक्त
















