अपराध

बैकिङ कसुर मुद्धामा फरार नरेन्द्र गुप्ता बिक्रम खनालको संरक्षणमा

नवलपुर टुडे
२०८१ भदौ २८ | मध्यान्ह ०६:०५ बजे

नवलपरासी । पक्राउ पुर्जी जारी भएपछि फरार रहेका रामग्राम नगरपालिकाका पुर्व मेयर नरेन्द्र कुमार गुप्ता कांग्रेस लुम्बिनी प्रदेशका महामन्त्री बिक्रम खनालको संरक्षणमा रहेको छ ।

गुप्ता विरुद्ध बैकिङ कसुर सम्बन्धि मुद्धामा जिल्ला अदालत पश्चिम नवलपरासीले पक्राउ पुर्जी अनुमति जारी गरेको थियो । सो पश्चात गुप्ता प्रहरीको नजरमा फरार सुचिमा रहेपनि गुप्ता भने सार्बजनिक कार्यक्रममा खुल्लेआम हिडिरहदा पनि प्रहरीले पक्राउ नगर्नुमा प्रहरी माथिनै शंका लागेको पीडितले दु:ख पोखे ।

यस बिषयमा नवलपुर टुडे अनलाईनका प्रतिनिधिले जिल्ला प्रहरी कार्यालय नवलपरासीका प्रमुख ज्ञानेन्द्र प्रसाद फुँयालसंग बुझ्दा खासै जानकारी नरहेको र पक्राउ पुर्जी जारीनै भएको भए ढिलो चाँडो पक्राउ पर्ने र कार्यक्रममा रहेकाले पछि बुझौला भन्ने गैरजिम्मेवारी जबाफ दिएर फोन राखे ।

आरोपित गुप्ता भने दैनिक जसो जिल्लामा हुने सार्बजनिक कार्यक्रममा खुल्लेआम हिडेरहेको पीडितको दाबी गरेको छ । पीडितले हाम्रो सम्पर्कमा फरार नरेन्द्र कुमार गुप्तालाई पक्राउ नगर्नुको कारण नेपाली कांग्रेस लुम्बिनी प्रदेशका महामन्त्री बिक्रम खनालले संरक्षण गरेको आरोप लगाए ।

photo 2024 09 13 18 22 10

फरार नरेन्द्र कुमार गुप्ता हुलाकी सडक निर्माणको माग राख्दै इलाका प्रशासन कार्यालय प्रतापपुर सेमरीमा आमरण अनसन बसेका गाउँपालिकाका अध्यक्षलाई साथ दिन सहभागी हुन कांग्रेस लुम्बिनीका महामन्त्री बिक्रम खनालको साथ गएका थिए । सो कार्यक्रममा प्रहरी मुकदर्शक बने ।

कांग्रेस लुम्बिनी प्रदेशका महामन्त्री खनाललाई पार्टीले गत स्थानीय, प्रदेश र संघीय निर्वाचनमा पार्टीका उमेदवारलाई हराउने चलखेल गरेको आरोपमा स्पष्टीकरण सोधिएका थियो । उनी आफै बिबादास्पद ब्यक्ति हुन । हाल फरार भनिएका गुप्ता खनालकै संरक्षणमा रहेको श्रोतको दाबी छ ।

उनीविरुद्ध सर्लाहीको हरिपुर नगरपालिका- १ ठेगाना भएका परासी निवासी बिनोद शाह कलवारले प्रहरीमा जाहेरी दिएका थिए । गुप्ताले ७५ लाख रुपैयाँ शाहसँग लिएको र भुक्तानीका लागी दिएको चेक बाउन्स भएपछि उनले प्रहरीमा उजुरी दिएका थिए ।

उक्त मुद्धामा दोषी ठहर भए जरिवाना र सजाय दुवैको व्यवस्था छ । तर अदालतले पक्राउ आदेश जारी गरेको झन्डै एक महिना हुन लाग्दासमेत हालसम्म उनलाई पक्राउ नगर्नुमा शंकाको बिषय बनेको छ ।

कमेन्टहरु