अपराध

लागुऔषध ब्राउन सुगरसहित दुई जना पक्राउ

नन्द किशोर कुर्मी (लालु)
२०८१ भदौ २८ | बिहान ०६:०५ बजे

कपिलवस्तु । कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिका- २ लिंक गेटस्थितबाट ५०५ मिलिग्राम लागुऔषध ब्राउन सुगर जस्तो देखिने खैरो धुलो र मोटरसाइकलसहित दुई जना ईलाका प्रहरी कार्यालय कृष्णनगरको नियन्त्रणमा रहेका छन्।

भारतबाट नेपाल छिर्न लागेका लु. ९४ प. १४७१ नम्बर प्लेटको मोटरसाइकल शंका लागि चेकजांँच गर्दा मोटरसाइकल चालक कपिलवस्तु जिल्लाको शिवराज नगरपालिका- ६ बस्ने ३६ बर्षिय कलाम अहमद खां र मोटरसाइकलमा पछाडि सवार शिवराज नगरपालिका- ६ बस्ने बर्ष २२ का अजय यादवलाई चेकजांच गर्दा अजय यादवको साथबाट लागुऔषध ब्राउन सुगर जस्तो देखिने खैरो धुलो पदार्थ ५०५ मिलिग्राम फेला परेको ईलाका प्रहरी कार्यालय कृष्णनगरका प्रमुख प्रहरी निरिक्षक सुरज खत्रीले जानकारी दिएका छन्।

दुबै जनालाई मोटरसाइकलसहित पक्राउ गरी लागुऔषध ब्राउन सुगर मुद्दामा कपिलवस्तु जिल्ला अदालतबाट म्याद थप भई थप अनुसंधान भईरहेको जानकारी ईलाका प्रहरी कार्यालय कृष्णनगरले दिएको छ।

प्रहरी निरिक्षक सुरज खत्री आए देखिनै अबैध कारोबार नियन्त्रण तथा लागुऔषधमा संलग्न व्यक्तिलाई पक्राउ गर्दै समाजलाई लागुऔषध मुक्त बनाउन विभिन्न समयमा विद्यालयका विद्यार्थी तथा समाजका व्यक्ति माझ विभिन्न सचेतनामूलक कार्यक्रम गर्दै आएको स्थानीयले बताएका छन्।

कमेन्टहरु