रौतहटबाट लागुऔषध गाँजासहित एक जना साधु पक्राउ

अशोक यादव
२०८१ भदौ २७ | मध्यान्ह ०६:०५ बजे

रौतहट । रौतहटको देवाही गोनाही नगरक्षेत्र अन्तर्गतको गाउँबाट लागूऔषधसहित एक जना साधु पक्राउ परेका छन् । देवाही गाेनाही नगरपालिका-९ धरहरी राम जानकी मठमा बस्दै आएका साधु सिकेन्द्र राय यादव गाँजासहित पक्राउ परेका हुन्।
मन्दिरबाट गाँजा बेचबिखन गर्ने गरेको सूचना अनुसार इलाका प्रहरी कार्यालय गोनाहीबाट गएको टोलीले गएराति चेकजाँच गर्दा लुकाई राखेको अन्दाजी १ किलो ग्राम लागुऔषध गाँजा बरामद गरेको जिल्ला प्रहरी प्रवक्ता डिएसपी एलिजा गिरीले जानकारी दिइन् ।
सो पश्चात् साधुलाई तुरुन्तै नियन्त्रणमा लिएको हो। यादव हाल इलाका प्रहरी कार्यालय गरुडाको नियन्त्रणमा रहेका छन् भने निजमाथि लागुऔषध बेचबिखन सम्बन्धी मुद्दा दायर गरी कारबाही प्रक्रिया अगाडि बढाइएको प्रहरीले जनाएको छ ।























