सुन तस्करी प्रकरण : चिनियाँ नागरिक टेरेन्स पक्राउ

नवलपुर टुडे

काठमाडौँ, भदौ २७ । साठी केजी सुन तस्करी प्रकरणमा केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले चिनियाँ नागरिक टेरेन्स टिएसईलाई पक्राउ गरेको छ । छाया सेन्टरमा रहेको क्यासिनो वाल्डोमा प्रबन्धकका रूपमा कार्यरत टेरेन्सलाई मङ्गलबार पक्राउ गरिएको ब्युरोका प्रमुख दीपक थापाले जानकारी दिनुभयो ।
टेरेन्सलाई मङ्गलबारै अदालत उपस्थित गराइएको र अदालतमा बयान सुरु भएको ब्युरो प्रमुख थापाले जानकारी दिनुभयो । सिआइबीको अनुसन्धानमा टेरेन्स सुन तस्करीमा अन्य चिनियाँ तस्कर समूहसँग र ६० केजी सुन तस्करी प्रकरणका मुख्य आरोपित याओ पुचिङसँग नियमित रूपमा सम्पर्कमा देखिएको र क्यासिनोमा आउजाउ गरेको भेटिएको छ ।
सुन तस्करी प्रकरणको छानबिन गर्न गठित पूर्वन्यायाधीश डिल्लीराज आचार्य नेतृत्वको सुन तस्करी जाँचबुझ आयोगले पनि टेरेन्सविरुद्ध अनुसन्धान गरी मुद्दा चलाउन सिफारिस गरेको थियो ।
सिआइबीले गरेको अनुसन्धानका क्रममा अधिकृतहरूले क्यासिनोको सिसिटिभी फुटेज पनि बरामद गरेका थिए । त्यस क्रममा सुन प्रकरणका चिनियाँ आरोपित क्यासिनोमा पुगेको फुटेजमा देखिएको थियो ।


तनहुँ जलविद्युत् आयोजनाको विद्युतगृह निर्माण अन्तिम चरणमा

जिल्ला अस्पताललाई भवन हस्तान्तरण, तिहारपछि सेवा शुभारम्भ

आजको विदेशी मुद्राको विनिमय दर

गोली हान्न लगाएर उपचारको प्रचारबाजी गर्न लाज लाग्दैन ? भन्दै युवा नेता दुबेको कडा टिप्पणी
अरुपनि पढ्नुहोस
सबै
कृषि, जडीबुटी तथा पशुधन बिमा कार्यान्वयनको जिम्मा प्रदेश सरकारलाई

राष्ट्रपति पौडेलसमक्ष सम्यक महादानको निमन्त्रणा

पाँचौँ मंका: खलः चेसमा रुपेश जैसवाल विजयी

त्रिनेत्र माध्यमिक विद्यालयद्वारा दीपावली तथा छठ पर्वको शुभकामना व्यक्त
















