अपराध

मकवानपुरबाट १४ किलो चरेशसहित दुईजना पक्राउ

नवलपुर टुडे
२०८१ भदौ २३ | मध्यान्ह ०८:०५ बजे

पूर्वपश्चिम राजमार्ग अन्तर्गत हेटौंडा–१५ मा प्रहरी चौकी रातोमाटे हेटौंडाको टोलीले चेकजाँचका क्रममा उनीहरूलाई चरेशसहित पक्राउ गरेको हो। हेटौंडाबाट पथलैयातर्फ जाँदै गरेको ना ७ ख ६०६१ नम्बरको बस चेकिङ गर्दा उनीहरूले बोकेको झोलाबाट १४ किलो चरेश फेला परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक लक्ष्मी भण्डारीले जानकारी दिए।

शङ्कास्पद लागेपछि झोला खानतलासी गर्दा चरेश भेटिएको भण्डारीले बताए। केदार र सुकमान दुवैलाई जिल्ला अदालत मकवानपुरबाट दश दिनको म्याद अनुमति लिएर आवश्यक अनुसन्धान प्रक्रिया अघि बढाइएको उनले जनाए।

कमेन्टहरु