अपराध

इलेक्ट्रोनिक डाइभर्सिटी भिसा (ईडीभी)का लागि नक्कली शैक्षिक प्रमाणपत्र पेस गर्ने ४ जना पक्राउ

नवलपुर टुडे
२०८१ भदौ २३ | मध्यान्ह ०७:०५ बजे

काठमाडौँ । नेपालस्थित अमेरिकी दूतावासमा इलेक्ट्रोनिक डाइभर्सिटी भिसा (ईडीभी) प्रयोजनका लागि नक्कली शैक्षिक प्रमाणपत्र पेस गर्ने चार जनालाई प्रहरीले पक्राउ गरेको छ ।

काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी उपरीक्षक काजी कुमार आचार्यका अनुसार पक्राउ पर्नेमा ललितपुर घर भएकी ३२ वर्षीय गोमा पाण्डे, सर्लाही घर भएका २८ वर्षीय अनिल कुमार महतो, झापा घर भएका ५० वर्षीय गोपाल प्रसाद घिमिरे र सङ्खुवासभा घर भएका ४३ वर्षीय सुवास ढकाल छन् ।

उनीहरूले एसईई र प्लस टूको नक्कली मार्कसिट र ट्रान्सक्रिप्ट बनाई पेस गरेका थिए । उनीहरूलाई दूतावाससँगको समन्वयमा शुक्रबार नक्कली शैक्षिक प्रमाणपत्र र कागजातसहित पक्राउ गरिएको आचार्यको भनाई छ । पक्राउ पर्ने चारै जनालाई लिखत सम्बन्धी कसुरमा आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी परिसर भद्रकाली पठाइएको छ ।

 

कमेन्टहरु