एमबिबिएसको सिट सङ्ख्या निर्धारण

नवलपुर टुडे


काठमाडौँ, भदौ २३ । चिकित्सा शिक्षा आयोगले यो वर्षको चिकित्सा शिक्षातर्फ स्नातक तहका लागि विभिन्न कलेज तथा प्रतिष्ठानहरूको सिट सङ्ख्या निर्धारण गरेको छ ।
आयोगका कार्यकारी उपाध्यक्ष प्राडा अञ्जनीकुमार झाले आयोगले स्नातक तहका लागि विभिन्न विषयमा आठ हजार ७० वटा सिट निर्धारण गरेको जानकारी दिनुभयो ।
उहाँले यो वर्ष एमबिबिएसका लागि थप चार वटा स्वास्थ्य संस्थाले सम्बन्धन पाएको जानकारी दिँदै ती संस्थालाई ५०/५० वटाका दरले सिट तोकिएको बताउनुभयो । झाका अनुसार थप भएका कलेजमा तीन वटा सरकारी प्रतिष्ठान र एउटा निजी कलेज छ ।
सरकारीमा मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठान, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान र राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान रहेका छन् । यस्तै निजीतर्फ बी एन्ड सी मेडिकल कलेजले सिट पाएको छ ।
उहाँले एमबिबिएसमा सबै कलेजमा गरेर दुई हजार १४० वटा सिट निर्धारण भएको बताउनुभयो । उहाँले बिपिएचमा ६७०, बिएनएसमा ९८०, बिडिएसमा ५७५, बिएस्सी नर्सिङका लागि १९९० सिट निर्धारण भएको जानकारी दिनुभयो ।

कृषि, जडीबुटी तथा पशुधन बिमा कार्यान्वयनको जिम्मा प्रदेश सरकारलाई

राष्ट्रपति पौडेलसमक्ष सम्यक महादानको निमन्त्रणा

पाँचौँ मंका: खलः चेसमा रुपेश जैसवाल विजयी

त्रिनेत्र माध्यमिक विद्यालयद्वारा दीपावली तथा छठ पर्वको शुभकामना व्यक्त
अरुपनि पढ्नुहोस
सबै

तेहरानमा दुई ट्याङ्कर र एक पानी जहाजमा आगलागी भएको इरानको दावी

सातै प्रदेशमा जलन उपचार सेवा विस्तार गर्न जनशक्ति उत्पादन गर्दै सरकार

प्रधानमन्त्री राहत कोषमा मौज्दात १८ अर्ब ३७ करोड नाघ्यो

















