बुटार र इच्छाकामनालाई जोड्ने ‘बेलिब्रिज’ सञ्चालन

रासस


मुग्लिन (चितवन), भदौ २० । गोरखाको गण्डकी गाउँपालिका–१ बुटार र चितवनको इच्छाकामना गाउँपालिका–३ चुमखोलालाई जोड्ने त्रिशूली नदीमाथि बनेको मोटरेबल बेलिब्रिज सञ्चालनमा आएको छ । गोरखा सडक योजनाको समन्वयमा बुटारमा निर्माणाधीन १०० मेगावाट क्षमताको सुपर त्रिशूली जलविद्युत् आयोजनाका निर्माण कम्पनी ब्लु इनर्जी प्राइभेट लिमिटेडले उक्त बेलिब्रिज निर्माण गरिएको हो ।
आयोजनाका लागि आवश्यक सामान ढुवानीका लागि निर्माण गरिएको उक्त बेलिब्रिजको गोरखाको गण्डकी गाउँपालिका अध्यक्ष दीपक तिमिल्सिना र चितवनको इच्छाकामना गाउँपालिका अध्यक्ष दानबहादुर गुरुङले बुधबार संयुक्त रुपमा शुभारम्भ गर्नुभएको हो । झोलुङ्गे पुलबाट उत्पादित कृषिजन्य सामग्री ल्याउनुपर्ने बाध्यता रहे पनि अबका दिनमा गाडीबाटै ढुवानी गर्न सकिने भएपछि गण्डकी गाउँपालिकाका स्थानीयलाई सहज भएको छ ।
इच्छाकामनाका विद्यालयमा अध्ययनका लागि गण्डकी गाउँपालिकाका तल्लो भेगका बालबालिकालाई विद्यालय आउन थप सहज पनि भएको छ । सो कम्पनीका निर्देशक निरञ्जन रेग्मीले रु १६ करोड १४ लाख खर्चेर पुल निर्माण गरिएको बताउनुभयो । उहाँका अनुसार पुलको लम्बाइ ११६ मिटर र चौडाइ ४.२ मिटर रहेको छ । यो बेलिब्रिज २० टन भारवहन क्षमताको रहेको छ । एकपटकमा एउटा गाडी मात्र आवतजावत गर्न मिल्ने उहाँले बताउनुभयो ।
उहाँले यो बेलिब्रिजले यहाँका स्थानीयको समृद्धिमा टेवा पुग्ने विश्वास व्यक्त गर्नुभयो । कम्पनीको सामान मात्र ढुवानी गर्न नभई स्थानीयलाई सहजता भएको बताउनुभयो । उहाँले हाइड्रोपावर निर्माणसँगै इच्छाकामना र गण्डकी गाउँपालिकाको विकासमा कम्पनीले सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो ।

राष्ट्रपति पौडेलसमक्ष सम्यक महादानको निमन्त्रणा

पाँचौँ मंका: खलः चेसमा रुपेश जैसवाल विजयी

त्रिनेत्र माध्यमिक विद्यालयद्वारा दीपावली तथा छठ पर्वको शुभकामना व्यक्त


अरुपनि पढ्नुहोस
सबै
तेहरानमा दुई ट्याङ्कर र एक पानी जहाजमा आगलागी भएको इरानको दावी

सातै प्रदेशमा जलन उपचार सेवा विस्तार गर्न जनशक्ति उत्पादन गर्दै सरकार

प्रधानमन्त्री राहत कोषमा मौज्दात १८ अर्ब ३७ करोड नाघ्यो

काठमाडौँ महानगरले तोकेको स्थानमा मात्र फूल बेच्न पाइने
















