बाजुरामा अवरुद्ध इन्टरनेट सेवा सूचारु

उमेश रोकाया


बाजुरा, भदौ १९। बाजुरामा मंगलबार साँझदेखि अवरुद्ध नेपाल टेलिकमको एनटी फाइबर इन्टरनेट सेवा सूचारु भएको छ । हिजो साँझदेखि बाजुरा सहित अछाम र डोटी जिल्लामा अवरुद्ध एनटी फाइबर इन्टरनेट सेवा बुधबार दिउसो १ बजेदेखि सुचारु भएको हो ।
डोटीको सिलगढीमा अबिरल बर्षाले रुखका हाँगा भाचिएर एनटी फाइबर नेटकोे तार चुडिएपछि इन्टरनेट सेवा अवरुद्ध भएको नेपाल टेलिकम बाजुराले जनाएको छ ।
कार्यालयका अनुसार आज बिहानदेखि अवरुद्ध नेट सेवा सुचारु गर्न प्राविधिकको टोली खटिएर काम सम्पन्न पश्चात इन्टरनेट सेवा सुचारु भएको छ । एनटी फाइबरको इन्टरनेट सेवा अवरुद्ध भएपछि विभिन्न कार्यालयमा दैनिक कामकाज प्रभावित भएको थियो।

राष्ट्रपति पौडेलसमक्ष सम्यक महादानको निमन्त्रणा

पाँचौँ मंका: खलः चेसमा रुपेश जैसवाल विजयी

त्रिनेत्र माध्यमिक विद्यालयद्वारा दीपावली तथा छठ पर्वको शुभकामना व्यक्त


अरुपनि पढ्नुहोस
सबै
तेहरानमा दुई ट्याङ्कर र एक पानी जहाजमा आगलागी भएको इरानको दावी

सातै प्रदेशमा जलन उपचार सेवा विस्तार गर्न जनशक्ति उत्पादन गर्दै सरकार

प्रधानमन्त्री राहत कोषमा मौज्दात १८ अर्ब ३७ करोड नाघ्यो

काठमाडौँ महानगरले तोकेको स्थानमा मात्र फूल बेच्न पाइने
















