दर्शनका लागि दाउन्ने मन्दिर !

नवलपुर टुडे

सारांश
नवलपुर । नवलपुरको चर्चित धार्मिक क्षेत्र मध्येको एक हो दाउन्ने मन्दिर । विनय त्रिवेणी गाउँपालिकाको पहाडमा रहेको दाउन्ने देवी मन्दिर परिसरबाट नवलपरासी जिल्लाको विभिन्न भाग र वस्तीहरु देख्न सकिन्छ । भारतीय सीमामा रहेको ऐतिहासिक धार्मिक तीर्थस्थल त्रिवेणी भैसालोटन, चितवन राष्ट्रिय निकुञ्ज क्षेत्रको हरियाली जङ्गल, महाभारत पर्वत शृङ्खलामा रहेका देवचुली र बरचुलीको सुन्दर चुचुरो पनि दाउन्नेबाट देख्न सकिन्छ ।
दाउन्ने पर्वत क्षेत्रलाई पौराणिक युगमा त्रिकुट पर्वत भनिने र त्यस स्थानमा वाल्मीकिलगायतका ऋषिमुनिले तपस्या गर्ने गरेको जनविश्वास छ ।यहाँ कैलाश बाबा धाम, बौद्ध गुम्बा, लक्ष्मी नारायण, चैत्य, चैतन्य गुम्बा, धर्मशाला, वृद्धाश्रम, छात्रावास, विद्यालय, विवाहमण्डप, ध्यानकुटी, भिक्षुणी आश्रम र अन्य जीर्ण मठमन्दिरहरू छन् ।
यहाँ बडादशैं र चैतेदशैंमा भक्तहरूको ठूलो भीड लाग्ने गर्दछ । शिवरात्रि र साउने सोमबारहरूमा समेत यहाँ भक्तहरूको घुइँचो लाग्छ । यहाँ चितवन, नवलपरासी, नवलपुर, रुपन्देही, पाल्पा, कपिलवस्तु, तनहुँ, स्याङ्जा र गुल्मी लगायतका जिल्लाबाट दर्शनार्थी आउने गर्दछन ।

गृहमन्त्री सुधन गुरुङ र भारतीय समकक्षी शाहबीच भेटवार्ता

पाकिस्तानमा रेल दुर्घटना : ६ जनाको मृत्यु, ३० घाइते

युद्ध र खडेरीले सुडानमा भोकमरीको खतरा

वैदेशिक रोजगारीमा पठाइदिने भन्दै ठगी गर्ने चार जना पक्राउ

नवलपुरमा कांग्रेस इतर समूहले तोक्यो क्षेत्र र नगरका संयोजक
अरुपनि पढ्नुहोस
सबै
बुल्गेरियाको तटनजिकै दुई व्यापारिक जहाजमाथि ड्रोन आक्रमण, एउटा डुब्यो

अमेरिकामा डेटा सेन्टरको विरोध, चीनमा भने धमाधम निर्माण

प्रहरी धरपकडपछि भारतीय युवाको रणनीति फेरियो

प्रहरीको ‘स्वीप अपरेसन’ : एकैदिन ९८ जना पक्राउ















