राजनीति

उपत्यकाका सास्कृतिक धरोहरहरू रैथाने आदिवासीले गर्दा जिवित रहेको हो: सांसद शैलेन्द्र बज्राचार्य

रिदेन महर्जन
२०८१ भदौ १८ | बिहान ०६:०५ बजे

काठमाडौ । बागमती प्रदेशका पूर्व पयंटन मन्त्री तथा सांसद शैलेन्द्र बज्राचार्यले आहिले उपत्यकामा भएका जति पनि सास्कृतिक धरोहरहरू छन्, ती रैथाने आदिवासीले गर्दा जिवित रहेको तर गुठी जात्रापर्व धान्नको लागि आवश्यक आर्थिक स्रोत जुटाउन गाह्रो भएको बताउँनु भयो । त्यसै कारण संस्कृति पनि विस्तारै लोप हुने अवस्थामा रहेको बताउनुभयो ।

बागमती प्रदेशका पूर्व मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले सांस्कृतिक रुपान्तरण नगरिकन नयाँ समाजको निमार्ण हुन नसक्ने भन्दै सांस्कृतिक रुपान्तरणको कुरा गर्दा नेवाः समुदायको भाषा, लिपी लगायतका सबै मुर्त अमुर्त सम्पदाहरू राष्ट्रिय सांस्कृतिक सम्पदा बनाउनुपर्नेमा जोड दिनुभयो ।

संघीय सांसद सुशिला श्रेष्ठले नेवाःहरू कहा छौं भनेर खोज्नुपर्ने परिस्थिति रहेको भन्दै नेवाःहरू विभिन्न पार्टीमा आवद्ध भए पनि संस्कृति संरक्षणको सवालमा सबै एकजुट भई अगाडी बढनुपर्ने आवश्यकता औल्याउनुभयो ।

सांसद ध्रुव नारायण श्रेष्ठले जुन समुदायमा हामी छौं त्यहाँको संस्कृति, भाषा संरक्षणका साथै समुदायको अधिकार स्थापनाका लागि संघर्ष गर्नु अत्यन्त जरुरी रहेको बताउनुभयो । संस्कृति संरक्षणको सवालमा सम्झौता गर्न नहुने भन्दै उहाँले हामी अलि स्वार्थी भएर अगाडी बढ्नुपर्ने र यसका लागि डटेर लाग्नुपर्ने बताउनुभयो ।

नेवाः देय् दबूका अध्यक्ष पवित्र बज्राचार्यले निर्णायक तहमा रहेका ब्यतिmहरुले कसका लागि विकास निमार्णको योजना बनाउने हो भन्ने विषयमा स्थानिय जनतास‘ग सल्लाह नै नगरी निर्णय गर्दा सरोकारवालाले विभिन्न समस्या भोग्नुपरेको बताउनुभयो । नेवाः सांसदलाई नेवा आदिवासीका सबै समस्याका बारेमा जानकारी भए पनि राजनीतिक पार्टीको दबाबले गर्दा साच्चिकै नेवाःहरूले प्राप्त गर्नुपर्ने अधिकार नपाएको बताउनुभयो । जनप्रतिनिधिले आफनो समुदायको आवश्यकता बुभ्mनुपर्ने, सहकार्य गर्नुपर्ने आवश्यकता रहेकोमा जोड दिनुभयो । उहाँले संस्कृति संरक्षणको सवालमा निर्णय गर्दा सरकारले गुठी, खल पुच लगायतका समुदाय सबैलाई संलग्न गराउनुपर्ने बताउनुभयो ।

कमेन्टहरु