महिला फुटबल लिग : बागमतीको फराकिलो जित

नवलपुर टुडे


काठमाडौँ, भदौ १७ । बागमती यूथ क्लबले एन्फा महिला फुटबल लिगमा सुदूरपश्चिम प्रदेशमाथि फराकिलो जित निकालेको छ ।
सातदोबाटोस्थित एन्फा कम्प्लेक्स मैदान सोमबार भएको खेलमा बागमतीले सुदूरपश्चिमलाई ५–१ गोलले हरायो ।
बागमतीको जितमा अस्मिता खवासले ह्याट्रिक पूरा गर्नुभयो । साहारा लिम्बू र आरती भुजेलले एक एक गोल थप्नुभयो । सुदूरपश्चिमका लागि तुल्छा बोहोराले सान्त्वना गोल फर्काउनुभयो ।
अस्मिता प्लेयर अफ दी म्याच घोषित हुनुभयो । जितसँगै बागमतीले तीन अङ्क बनाएको छ । सुदूरपश्चिमले हारबाट लिगको सुरुवात गरेको छ । लिगमा १० टोलीको सहभागिता रहेको छ ।

कृषि, जडीबुटी तथा पशुधन बिमा कार्यान्वयनको जिम्मा प्रदेश सरकारलाई

राष्ट्रपति पौडेलसमक्ष सम्यक महादानको निमन्त्रणा

पाँचौँ मंका: खलः चेसमा रुपेश जैसवाल विजयी

त्रिनेत्र माध्यमिक विद्यालयद्वारा दीपावली तथा छठ पर्वको शुभकामना व्यक्त
अरुपनि पढ्नुहोस
सबै

तेहरानमा दुई ट्याङ्कर र एक पानी जहाजमा आगलागी भएको इरानको दावी

सातै प्रदेशमा जलन उपचार सेवा विस्तार गर्न जनशक्ति उत्पादन गर्दै सरकार

प्रधानमन्त्री राहत कोषमा मौज्दात १८ अर्ब ३७ करोड नाघ्यो

















