मन्त्री मनाङेले दिए राजीनामा

नवलपुर टुडे


काठमाडौं । सरकारले पूर्णता पाएकै दिन गण्डकी सरकारका मन्त्री राजीव गुरुङ ‘दीपक मनाङे’ ले पदबाट राजीनामा दिएका छन् । आज (सोमबार) नेकपा एमालेका चार जना मन्त्री थपेर सरकार पुनर्गठन गरेका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेलाई स्वकीय सचिवमार्फत् उनले राजीनामा पठाएका हुन् ।
स्वकीय सचिव सन्तोष अधिकारीमार्फत राजीनामा पठाइसकेको जानकारी दिंदै मनाङले भने, ‘अब सरकारमा नजाने, अल्छी लाग्यो, कति खाने के, अब रेष्ट गर्नुपर्छ ।’ सरकार पुनर्गठन हुनुअघि भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्री रहेका मनाङे पुनर्गठनपछि वन तथा वातावरण मन्त्रालय पाएका थिए । मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालय स्रोतका अनुसार मनाङेले सरकार पुनर्गठन हुँदा सामाजिक विकास, युवा तथा खेलकुद मन्त्रालय माग गरेका थिए । तर उक्त मन्त्रालय कांग्रेस सांसद विन्दुकुमार थापाले पाए । त्यसपछि मनाङे असन्तुष्ट बनेको स्रोत बताउँछ ।
वन तथा वातावरण मन्त्रालय पाएपछि बिच्किएका मनाङेले राजीनामा दिएका हुन् । मनाङेका स्वकीय सचिव अधिकारीले पनि मन्त्री पदबाट मनाङेले राजीनामा दिएको बताएका छन् । ‘राजीनामा पत्र बुझाउन मुख्यमन्त्री कार्यालयमा समय कुरेर बसेको छु,’ उनले भने । वन तथा वातावरण मन्त्रालय मनाङबाट निर्वाचित प्रदेश सांसद मुनिन्द्रजंग गुरूङलाई दिन मनाङेको माग छ ।
‘तल्लो मनाङको भाइ मुनिन्द्रजंग गुरुङलाई मन्त्री देउ भनेको छु, नयाँ केटाहरुलाई अनुभव हुन्छ ।’ वन मन्त्रालयमा बजेट नहुने र काम केहि नहुने उनले बताएका छन् । ‘वनमा बजेट छैन । मन्त्रालय हामीले हेर्न पनि पाउँदैन । यो त केन्द्रले हेर्ने हो,’ उनले भने, ‘हामीले हेर्ने भनेको तितेपातीको झ्याङ हो । झण्डा हल्लाएर हिँडेर काम छैन ।’

कृषि, जडीबुटी तथा पशुधन बिमा कार्यान्वयनको जिम्मा प्रदेश सरकारलाई

राष्ट्रपति पौडेलसमक्ष सम्यक महादानको निमन्त्रणा

पाँचौँ मंका: खलः चेसमा रुपेश जैसवाल विजयी

त्रिनेत्र माध्यमिक विद्यालयद्वारा दीपावली तथा छठ पर्वको शुभकामना व्यक्त
अरुपनि पढ्नुहोस
सबै

तेहरानमा दुई ट्याङ्कर र एक पानी जहाजमा आगलागी भएको इरानको दावी

सातै प्रदेशमा जलन उपचार सेवा विस्तार गर्न जनशक्ति उत्पादन गर्दै सरकार

प्रधानमन्त्री राहत कोषमा मौज्दात १८ अर्ब ३७ करोड नाघ्यो

















