पाल्पामा स्कुटर दुर्घटना हुँदा चालकको मृत्यु

नवलपुर टुडे


रामपुर । पाल्पाको रामपुर नगरपालिका–१० बर्दलेमा स्कुटर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ।
कालीगण्डकी करिडोरअन्तर्गत रामपुरको बर्दलेबाट रामटारतर्फ जाँदै गरेको लु ४४ प २४३१ नम्बरको स्कुटर आज बिहान दुर्घटना हुँदा रामपुर–१० का चालक ४० वर्षीय यमबहादुर खरु मगर गम्भीर घाइते भएका थिए।
उनलाई उपचारका लागि रामपुर अस्पताल ल्याइएकामा चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी नायव उपरीक्षक सुगन्ध श्रेष्ठले जानकारी दिए।
स्कुटर अनियन्त्रित भइ सडक किनारको डिभाइडरमा ठोक्कीएको प्रहरीले जनाएको छ।


कपिलवस्तुका ७० स्थानमा छठघाट निर्माण

हिमाली जल सुरक्षाका लागि विपद् पूर्वतयारी र एकीकृत विकासमा जोड

गाउँमै उद्यम र रोजगारी सिर्जना गर्ने सम्भावना खोज्दै विद्यार्थी

संरक्षण नहुँदा खण्डहर बन्दै रसुवाको सीता गुफा
अरुपनि पढ्नुहोस
सबै
लेकसाइडमा ‘अपरेसन सभ्यता’ : तीन दिनमा ४४ जना कारबाहीमा

छठको दोस्रो दिन : गुह्येश्वरीमा तयारी अन्तिम चरणमा

बाढी प्रभावित बालबालिकाको संरक्षणमा सघाउन आह्वान

एआई प्रविधिमा लगानी बढाउने र सहकार्य सुदृढ गर्ने ईयूको तयारी
















