टाइब्रेकरमा भारतलाई हराउँदै बङ्गलादेश साफ च्याम्पियनसिपको फाइनलमा

नवलपुर टुडे


काठमाडौँ, भदौ १० । डिफेन्डिङ च्याम्पियन भारतलाई टाइब्रेकरमा पराजित गर्दै बङ्गलादेशले साफ यु–२० च्याम्पियनसिपको फाइनलमा नेपालसँगको भेट पक्का गरेको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा आज भएको दोस्रो सेमिफाइनलमा बङ्गलादेशले भारतमाथि टाइब्रेकरमा ४–३ गोलअन्तरले पराजित गर्दै प्रतियोगिताको फाइनलमा पुगेको हो ।
त्यस्तै हिजो भएको पहिलो सेमिफाइनल खेलमा नेपालले भुटानलाई टाईब्रेकरमा ४–१ ले पराजित गरेको थियो ।
आज खेलको निर्धारित ९०औँ मिनेटमा दुवै टोलीले १–१ गोलको बराबरी खेलेपछि खेल टाइब्रेकरमा पुगेको हो । टाइब्रेकरमा बङ्गलादेशका अहमेद नोभा, मोइनुल स्लाम, साकिल तोपु र मोहम्मद आसिफले गोल गरे । भारतका लागि परमवीर, ग्वाङ्गसार गोएरी र मनजोत सिंहले गोल गरे भने केल्भिन सिंह र आकाश टिर्के गोल गर्नबाट चुके ।
त्यसअघि खेलको ३७औँ मिनेटमा बङ्गलादेशका असदुल मोल्लाले गोल गर्दै टोलीलाई पहिलो अग्रता दिलाए । त्यस्तै भारतले खेलको ७५औँ मिनेटमा बराबरी गोल फर्कायो । भारतका लागि ग्वाङ्गसार गोएरीले गोल गर्दै खेललाई एक÷एक गोलको बराबरीमा ल्याए । खेलको दोस्रो हाफको अतिरिक्त समयमा बङ्गलादेश १० खेलाडीमा समेटिएको थियो । बङ्गलादेशका कामासाइ मार्माले दोहोरो पहेँलो कार्ड ब्यहोर्दै मैदानबाट बाहिरिएका थिए ।
तर त्यसको सदुपयोग भने भारतले गर्न सकेन । साफ च्याम्पियनसिपको उपाधिको लागि नेपाल र बंगलादेशवीच प्रतिस्पर्धा हुनेछ ।
यही भदौ १२ गते हुने फाइनल दशरथ रङ्गशालामा हुनेछ ।

कृषि, जडीबुटी तथा पशुधन बिमा कार्यान्वयनको जिम्मा प्रदेश सरकारलाई

राष्ट्रपति पौडेलसमक्ष सम्यक महादानको निमन्त्रणा

पाँचौँ मंका: खलः चेसमा रुपेश जैसवाल विजयी

त्रिनेत्र माध्यमिक विद्यालयद्वारा दीपावली तथा छठ पर्वको शुभकामना व्यक्त
अरुपनि पढ्नुहोस
सबै

तेहरानमा दुई ट्याङ्कर र एक पानी जहाजमा आगलागी भएको इरानको दावी

सातै प्रदेशमा जलन उपचार सेवा विस्तार गर्न जनशक्ति उत्पादन गर्दै सरकार

प्रधानमन्त्री राहत कोषमा मौज्दात १८ अर्ब ३७ करोड नाघ्यो

















