दाङमा रास्वपाका ६० बढी युवाले गरे पार्टी परित्याग

नवलपुर टुडे


बुटवल,भदौ ३ । दाङमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का ६० जनाभन्दा बढी युवाले पार्टी परित्याग गरेका छन् । सोमबार तुलसीपुरस्थित रिपोर्टस क्लबमा पत्रकार सम्मेलन गर्दै उनीहरुले पार्टी परित्यागको घोषणा गरेका हुन् ।
दाङ निर्वाचन क्षेत्र नम्बर २ का क्षेत्रीय सदस्य विजय केसीले रास्वपाका सभापति रवि छामिछानेले युवालाई झुक्काएको आरोप लगाएका छन् । उनले रास्वपामा पनि पुराना पार्टीको झैँ नातावाद र कृपावादको हाबी भएको बताए । सभापति विभिन्न आरोपमा मुछिए पछि नैतिकताले पनि रास्वपामा बस्न मन नलागेको उनले बताए ।
देश विकास गर्नका लागि पार्टी नचाहिने भन्दै सबै युवाहरू स्वतन्त्र भएर बस्न पनि उनले आग्रह गरे । पार्टी स्थापनाकालदेखि नै सदस्य रहेका दाङ क्षेत्र नम्बर ३ का सभापति मेघराज केसीलगायत विभिन्न क्षेत्रीय सदस्य, घोराही र तुलसीपुर उपमहानगरपालिका स्तरीय समितिका पदाधिकारी र सदस्यहरूले पार्टी परित्याग गरेका हुन् ।

इरानमाथि आक्रमण गर्नेबारे राष्ट्रिय सुरक्षा टोलीसँग ट्रम्पको छलफल

हेगसेथ र रुबियोले पद नछाड्ने ह्वाइट हाउसको दाबी

आजदेखि बुटवलमा दीपावली सडक खाना महोत्सव : तयारी पूरा

विश्व बैङ्कको सहयोगमा सडक निर्माण

प्रचारको उज्यालो पर्खिरहेको हिमाली तीर्थ–पार्वतीकुण्ड
अरुपनि पढ्नुहोस
सबै
कृष्णनगरका २६१ परिवारले पाए लालपुर्जा

‘अशक्तको घरमा प्रजिअ’ : बैतडीमा घरदैलोमै पुगेर नागरिकता वितरण

कपिलवस्तुको कृष्णनगरका २६१ परिवारले पाए लालपुर्जा

आज देशका केही स्थानमा वर्षाको सम्भावना
















