धार्मिक तथा पर्यटकीय क्षेत्र बडिमालिका मेला आज

उमेश रोकाया


बाजुरा, भदौ ०२। सुदूरपश्चिम प्रदेशकै धार्मिक तथा पर्यटकीय क्षेत्रको प्रसिद्ध बाजुराको बडिमालिकामा आज मेला लाग्दैछ । हरेक बर्षको भाद्र शुक्ल चतुर्दशी जनैपूर्णिमाको अघिल्लो दिन शक्तिपिठ बडिमालिकामा मुख्य पूजा गर्ने गरिन्छ ।
बडिमालिकामाईको पूजाका लागि बाजुरासहित डोटी र जुम्लाबाट सरकारी टोली बडिमालिका पुगिसकेको छ । बाजुराका चार शक्तिपीठ बडिमालिका, बूढीनन्दा, बडालेक र सुनन्दामा साउन पूर्णिमाको अघिल्लो दिन परम्परा अनुसार एकसाथ पूजा गर्ने परम्परा छ । उक्त क्षेत्र समुद्री सतह देखि ४ हजार २ सय १६ मिटर उचाईमा रहेको छ ।
सुदूपश्चिमकै धार्मिक तथा पर्यटकीय क्षेत्र बडिमालिकाको दर्शनका लागि देशका विभिन्न जिल्ला सहित भारतबाट समेत हरेक वर्ष भक्तजन आउने गरेका छन् । त्रिबेणीमा स्नान गरी बडिमालिका माताको दर्शन गर्नाले जीवनभर गरेको पापबाट मुक्ति पाउने, पितृहरु तर्नुको साथै आफूले चित्ताएको सबै मनोकांक्षा पूरा हुने जनविश्वासका साथ बर्षेनी हजारौं भक्तजनहरु पुग्ने गर्दछन् । त्यसैगरि आजै प्रसिद्ध धार्मिक महत्व बोकेको क्षेत्र बुढीनन्दामा पनि भव्य पूजाआजा गरिदैछ ।


तनहुँ जलविद्युत् आयोजनाको विद्युतगृह निर्माण अन्तिम चरणमा

जिल्ला अस्पताललाई भवन हस्तान्तरण, तिहारपछि सेवा शुभारम्भ

आजको विदेशी मुद्राको विनिमय दर

गोली हान्न लगाएर उपचारको प्रचारबाजी गर्न लाज लाग्दैन ? भन्दै युवा नेता दुबेको कडा टिप्पणी
अरुपनि पढ्नुहोस
सबै
कृषि, जडीबुटी तथा पशुधन बिमा कार्यान्वयनको जिम्मा प्रदेश सरकारलाई

राष्ट्रपति पौडेलसमक्ष सम्यक महादानको निमन्त्रणा

पाँचौँ मंका: खलः चेसमा रुपेश जैसवाल विजयी

त्रिनेत्र माध्यमिक विद्यालयद्वारा दीपावली तथा छठ पर्वको शुभकामना व्यक्त
















