ट्रकको ठक्करबाट पैदलयात्री गम्भिर घाइते, चालक पक्राउ

नवलपुर टुडे


चितवन, भदौ २ । चितवनको रत्ननगर नगरपालिका–२ कालिका पेट्रोलपम्प नजिक पूर्व–पश्चिम राजमार्गमा पैदलयात्री एक महिलालाई ट्रकले ठक्कर दिएको छ ।
हेटौंडाबाट भरतपुरतर्फ आउँदै गरेको ना ६ ख ६६१६ नम्बरको ट्रकले आज बिहान सवा ७ बजेको समयमा खैरहनी नगरपालिका–१ बस्ने ४१ वर्षीय रिना धरेललाई ठक्कर दिएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ ।
ट्रकको ठक्करबाट धरेल गम्भिर घाइते भएको चितवन प्रहरीका प्रवक्ता भेषराज रिजालले जानकारी दिए । रिजालका अनुसार घाइतेलाई उपचारको लागि चितवन मेडिकल कलेज पठाइएको छ । घाइतेको बायाँ तिघ्रा र भित्री चोट लागेको छ । ट्रक चालक रौतहट चन्द्रपुर नगरपालिका–८ बस्ने ४१ वर्षीय रुद्र बहादुर खत्रीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

कृषि, जडीबुटी तथा पशुधन बिमा कार्यान्वयनको जिम्मा प्रदेश सरकारलाई

राष्ट्रपति पौडेलसमक्ष सम्यक महादानको निमन्त्रणा

पाँचौँ मंका: खलः चेसमा रुपेश जैसवाल विजयी

त्रिनेत्र माध्यमिक विद्यालयद्वारा दीपावली तथा छठ पर्वको शुभकामना व्यक्त
अरुपनि पढ्नुहोस
सबै

तेहरानमा दुई ट्याङ्कर र एक पानी जहाजमा आगलागी भएको इरानको दावी

सातै प्रदेशमा जलन उपचार सेवा विस्तार गर्न जनशक्ति उत्पादन गर्दै सरकार

प्रधानमन्त्री राहत कोषमा मौज्दात १८ अर्ब ३७ करोड नाघ्यो

















