सप्तरीमा डिजेल बोकेको ट्याङ्कले ठक्कर दिँदा २ जनाको मृत्यु

नवलपुर टुडे


सप्तरी, साउन ३२ । सप्तरीमा ट्याङ्कले मोटरसाइकलमा ठक्कर दिँदा दुईजनाको मृत्यु भएको छ । मोटरसाइकलमा चालक सुनसरीको हरिनगरा गाउँपालिका-३ निवासी ४१ वर्षीय महेश कुमार मेहता र पछाडि सवार ४२ वर्षीय जयप्रकाश मेहतोको मृत्यु भएको हो ।
पूर्व-पश्चिम राजमार्ग अन्तर्गत सप्तरीको कञ्चनरुप नगरपालिकामा डिजेल बोकेको ट्याङ्कले मोटरसाइकलमा ठक्कर दिँदा दुईजनाको मृत्यु भएको हो । सप्तरीका प्रहरी प्रवक्ता डिएसपी ढुंडीराज न्यौपानेले महेशको घटनास्थलमै र जयप्रकाशको उपचारको क्रममा मृत्यु भएको जानकारी दिए ।
डिएसपी न्यौपानेका अनुसार आज दिउँसो कन्चनपुरबाट भारदहतर्फ जाँदै गरेको डिजेल लोड गरेको को १ ख ७४१४ नम्बरको ट्याङ्कर र विपरीत दिशाबाट आउँदै गरेको मोटरसाइकल कञ्चनरुप नगरपालिका-१० स्थित आपसमा ठोक्किँदा दुर्घटना भएको हो ।
ट्याङ्कर चालक सिरहा जिल्ला कर्जना नगरपालिका-३ निवासी ३२ वर्षीय मिथलेश यादव पनि घाइते भएका छन् ।

कृषि, जडीबुटी तथा पशुधन बिमा कार्यान्वयनको जिम्मा प्रदेश सरकारलाई

राष्ट्रपति पौडेलसमक्ष सम्यक महादानको निमन्त्रणा

पाँचौँ मंका: खलः चेसमा रुपेश जैसवाल विजयी

त्रिनेत्र माध्यमिक विद्यालयद्वारा दीपावली तथा छठ पर्वको शुभकामना व्यक्त
अरुपनि पढ्नुहोस
सबै

तेहरानमा दुई ट्याङ्कर र एक पानी जहाजमा आगलागी भएको इरानको दावी

सातै प्रदेशमा जलन उपचार सेवा विस्तार गर्न जनशक्ति उत्पादन गर्दै सरकार

प्रधानमन्त्री राहत कोषमा मौज्दात १८ अर्ब ३७ करोड नाघ्यो

















