चलचित्र ‘रावायण’को शीर्ष गीत सार्वजनिक (भिडियो)

नवलपुर टुडे


काठमाडौं । चलचित्र ‘रावायण’को शीर्ष गीत सार्वजनिक भएको छ । ‘रावायण’ बोलको गीत आज सार्वजनिक भएको हो । रेभन आरती सिंहको संगीत रहेको गीतमा डाक्टर कृष्णहरि बरालको शब्दरचना छ । गीतमा नकास अजिजको स्वर छ ।
विक्रम स्वारको कोरियोग्राफी रहेको छ । सिनेमाको सार्वजनिक गीतको अडियोको काम भारतको मुम्बईमा गरिएको निर्माण पक्षले जनाएको छ । भिडियोमा अभिनेता पल शाह र अभिनेत्री पूजा शर्मा फिचर्ड छन् । निर्देशक सुदर्शन थापालाई पनि भिडियोमा देख्न सकिन्छ । ठूलो संख्यमा कोरस प्रयोग गरिएको छ ।
सुदर्शन थापा प्रोडक्सन र पूजा शर्मा प्रोडक्सनको व्यानरमा बनेको चलचित्रकी निर्माता पूजा शर्मा हुन् । सुशन पाठक कार्यकारी निर्माता रहेको सिनेमालाई सुदर्शन थापाले निर्देशन गरेका छन् । चलचित्रमा पल शाह, पूजा शर्मा, प्रियंका कार्की, प्रमोद अग्रहरि, निकिता चण्डक, प्रकाश शाह, कैलाश रावल, अर्जुनजंग शाही, शर्मिला मल्ललगायतको अभिनय छ ।
निर्देशक थापा स्वयंले सिनेमाको कथा लेखेका छन् । शिवम अधिकारीको लेखन छ ।

राष्ट्रपति पौडेलसमक्ष सम्यक महादानको निमन्त्रणा

पाँचौँ मंका: खलः चेसमा रुपेश जैसवाल विजयी

त्रिनेत्र माध्यमिक विद्यालयद्वारा दीपावली तथा छठ पर्वको शुभकामना व्यक्त


अरुपनि पढ्नुहोस
सबै
तेहरानमा दुई ट्याङ्कर र एक पानी जहाजमा आगलागी भएको इरानको दावी

सातै प्रदेशमा जलन उपचार सेवा विस्तार गर्न जनशक्ति उत्पादन गर्दै सरकार

प्रधानमन्त्री राहत कोषमा मौज्दात १८ अर्ब ३७ करोड नाघ्यो

काठमाडौँ महानगरले तोकेको स्थानमा मात्र फूल बेच्न पाइने
















