राजनीति

प्रधानमन्त्रीलाई रास्वपाले भन्यो- विद्युत् लाइन जोड्नजस्तै महसुल उठाउन पनि निर्देशन दिनुपर्‍यो

नवलपुर टुडे
२०८१ साउन २९ | मध्यान्ह ०२:०४ बजे

काठमाडौं । रास्वपा सांसद हरि ढकालले प्रधानमन्त्री ओलीलाई विद्युत लाइन जोड्न निर्देशन दिएजस्तो महसुल उठाउन पनि निर्देशन दिन आग्रह गरेका छन्।

प्रतिनिधिसभाको बैठकमा बोल्दै ढकालले २२ अर्बको बक्यौता १६ हुँदै ६ अर्बमा झर्दा पनि उठाउने कसैलाई चासो नभएको बताए । उनले भने, ‘प्रधानमन्त्रीले विद्युत लाइन जसरी जोड्न निर्देशन दिनुभएको थियो। उठाउन पनि उसै गरी निर्देशन दिनुपर्‍यो। मिटर जडान गरिएको ठाउँको महसुल उठाउनको लागि यस्तो हालत छ। मिटर नभएका भन्सार हेरौँ, मालपोतको के छ हालत ?’

प्रतिपक्षले सदनमा उठाएको भ्रष्टाचारको मुद्दा रोक्ने रवैया नदेखाउन आग्रह गरे। उनले भने, ‘प्रतिपक्ष कमजोर छैन। भ्रष्टाचारविरुद्धको महाअभियानमा जोडिएको पार्टी हो रास्वपा।’

कमेन्टहरु