रुपन्देहीबाट २५ लाख बराबरको अबैध सामान नियन्त्रणमा

नवलपुर टुडे

सारांश
भैरहवा । रुपन्देही प्रहरीले भन्सार छली ल्याएको विभिन्न अबैध सामान बरामद गरिएको छ ।
जिल्ला प्रहरी कार्यालय रुपन्देही तथा मातहतबाट खटिएको प्रहरी टोलीले आइतबार जिल्लाका बिभिन्न स्थानहरुमा चेकजाच गर्ने क्रममा भारतबाट नेपाल तर्फ अबैध रुपमा भन्सार छली चोरी निकासी/ पैठारी गरेर ल्याएको अबस्थामा फेला पारी नियन्त्रणमा लिएको हो।
बरामद सामानहरु टिसर्ट १०५ वटा, साडी- ६६ वटा, सुट ६३ वटा, कुर्था २२ वटा, लेडिज चप्पल २७ जोर, चिनी ३ बोरा, पर्दा, सल, प्लाजि सुरवाल लगायतका कपडाहरु, बोईलर कुखुरा ३२ वटा र लु ६ प ५०४६ नम्बरको मोटरसाईकल १ थान रहेको सुचना अधिकारी मनोहर प्रसाद भट्टले जानकारी दिएको छ ।
नियन्त्रणमा लिएको विभिन्न अबैध सामानको अन्दाजी मुल्य रु.२,५०,४००।- बरावरको रहेको छ । बरामद सामानहरु आवश्यक कारवाहीको लागी भैरहवा भन्सार कार्यालय तथा पशु क्वारेन्टाईन चेक पोष्ट कार्यालय बेलहिया रुपन्देहीमा बुझाइएको भट्टले बताए ।


गृहमन्त्री सुधन गुरुङ र भारतीय समकक्षी शाहबीच भेटवार्ता

पाकिस्तानमा रेल दुर्घटना : ६ जनाको मृत्यु, ३० घाइते

युद्ध र खडेरीले सुडानमा भोकमरीको खतरा

वैदेशिक रोजगारीमा पठाइदिने भन्दै ठगी गर्ने चार जना पक्राउ
अरुपनि पढ्नुहोस
सबै
नवलपुरमा कांग्रेस इतर समूहले तोक्यो क्षेत्र र नगरका संयोजक

बुल्गेरियाको तटनजिकै दुई व्यापारिक जहाजमाथि ड्रोन आक्रमण, एउटा डुब्यो

अमेरिकामा डेटा सेन्टरको विरोध, चीनमा भने धमाधम निर्माण

प्रहरी धरपकडपछि भारतीय युवाको रणनीति फेरियो















