अपराध

परासीबाट लागुऔषध खैरो हेरोईनसहित दुईजना पक्राउ

नवलपुर टुडे
२०८१ साउन २७ | मध्यान्ह ०६:०४ बजे

नवलपरासी, साउन २७ । पश्चिम नवलपरासीबाट प्रहरीले लागुऔषध खैरो हेरोईन (ब्राउनसुगर) जस्तो पदार्थसहित दुईजना पक्राउ गरेका छन । पक्राउ पर्नेमा प्रतापपुर गाउँपालिका- ५ बस्ने वर्ष ४० को अनिल कुमार कुर्मी सोही स्थान बस्ने वर्ष ५४ को फेकु पासी रहेका छन ।

उनीहरुलाई लागुऔषध बेचबिखन गरिरहेको भन्ने सुचनाको आधारमा २५ गते राती ९ बजे जिल्ला प्रहरी कार्यालय परासीबाट खटि गएको प्रहरी टोलीले रामग्राम नगरपालिका- १७ पिपरहियास्थित बाटोमा चेकजाँच गर्ने क्रममा युपि ५८ एच ८६६१ नम्बरको मोटरसाइकल रोकी
शरीर खानतलासी गर्दा अनिल कुमार कुर्मीको साथबाट ९ पुरिया खैरो हेरोईन (ब्राउनसुगर) जस्तो पदार्थ फेला पारी तौल गर्दा नेट तौल ९ ग्राम २३० मिलिग्राम रहेकोले तत्काल दुबै जनालाई नियन्त्रणमा लिएको सुचना जिल्ला प्रहरी कार्यालयका सुचना अधिकारी एवम डीएसपी रेशम बोहराले जानकारी दिए ।

पक्राउ पर्ने आरोपीहरुलाई आइतबार लागूऔषध सम्वन्धि कसुर शिर्षकमा मुद्धा दर्ता भई सम्मानित जिल्ला अदालत परासीबाट ७ दिनको म्याद थप अनुमति प्राप्त भई जिल्ला प्रहरी कार्यालय परासीको हिरासतमा राखी अनुसन्धान भईरहेको बोहराले बताए ।

कमेन्टहरु