वाग्मती प्रदेशका मुख्यमन्त्री लामाले पाए विश्वासको मत

नवलपुर टुडे


हेटौंडा । वाग्मती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामाले प्रदेशसभाबाट विश्वासको मत प्राप्त गरेका छन् ।
मंगलबार बसेको प्रदेशसभा बैठकमा विश्वासको मतसम्बन्धी लामाले राखेको प्रस्तावको पक्षमा ६४ मत, विपक्षमा ३५ मत र ३ जना तटस्थ रहेका थिए । मंगलबारको मतदानमा १ सय ३ उपस्थित थिए । कुल १ सय १० सदस्यीय प्रदेशसभामा सरकार बनाउन ५६ मत आवश्यक पर्छ ।
मुख्यमन्त्री लामालाई कांग्रेसका ३७ र एमालेका २७ जना प्रदेशसभा सदस्यले मत दिएका छन् । मुख्यमन्त्री लामाको विपक्षमा नेकपा माओवादी केन्द्र, राप्रपा र नेकपा (एस) का सांसदले मत दिएका थिए ।
लामा वाग्मती प्रदेशको पाँचौं मुख्यमन्त्रीको रुपमा यही साउन ८ गते नियुक्त भएका थिए । एमाले र कांग्रेसको गठबन्धनबाट मुख्यमन्त्री नियुक्त भएका लामाले साउन १२ मा सरकारलाई पूर्णता दिएका थिए ।

राष्ट्रपति पौडेलसमक्ष सम्यक महादानको निमन्त्रणा

पाँचौँ मंका: खलः चेसमा रुपेश जैसवाल विजयी

त्रिनेत्र माध्यमिक विद्यालयद्वारा दीपावली तथा छठ पर्वको शुभकामना व्यक्त


अरुपनि पढ्नुहोस
सबै
तेहरानमा दुई ट्याङ्कर र एक पानी जहाजमा आगलागी भएको इरानको दावी

सातै प्रदेशमा जलन उपचार सेवा विस्तार गर्न जनशक्ति उत्पादन गर्दै सरकार

प्रधानमन्त्री राहत कोषमा मौज्दात १८ अर्ब ३७ करोड नाघ्यो

काठमाडौँ महानगरले तोकेको स्थानमा मात्र फूल बेच्न पाइने
















