माओवादी केन्द्रले बागमतीका मुख्यमन्त्री लामालाई विश्वासको मत नदिने

नवलपुर टुडे


हेटौँडा । माओवादी केन्द्रले मुख्यमन्त्री बहादुर सिंह लामालाई विश्वासको मत नदिने भएको छ । माओवादी प्रमुख प्रतिपक्ष दलको भूमिकामा रहने र रचनात्मक रूपमा सरकारलाई खबरदारी गर्ने माओवादी केन्द्रका सांसद युवराज दुलाल ‘शरद’ले बताए । उनले सत्ता समीकरण निर्माणमा माओवादीलाई झुक्याएको बताए ।
उनका अनुसार माओवादीको नेतृत्वमा घोटाला र भ्रष्ट्राचार विरुद्धमा रहेको छ । माओवादीले भ्रष्ट्राचारको फाइल उठाउँदा अमुक व्यवसायीको घरमा सत्ता समीकरणको सहमति बनेको उनले बताए । क्यालेन्डर अनुसार संविधान संशोधन नहुने उनको भनाई छ । संविधानमा रहेको सकारात्मक विभेदलाई नियन्त्रण गर्न र प्राप्त अधिकार मास्न अहिलेको गठबन्धन बनेको उनले आरोप छ । सत्ता गठबन्धनको सरकार औचित्य पुष्टि हुन नसक्ने सांसद दुलालले बताए ।
‘बिहानीले दिनको झल्को दिन्छ । सुशासन र पद्धतिको सुरुवात हुनेछ । तर, आज नियुक्त गरेका मन्त्री शपथ नगरी सभा हलमा बसिरहनु भएको छ। कति जना मन्त्री हुने हो ?’ उनले भने, ‘बहुमत अङ्क गणितमा होइन । गणित स्थायित्व होइन । स्थायित्व विचार हो । अहिलेको गणितमा बनेको समीकरण र बहुमत माथि शङ्का छ । माओवादी विचारमा सशक्त छ । माओवादीको नेतृत्वमा देश र जनतालाई हानी हुने काम भएको छैन ।’
सत्तापक्षमा नै राजनीतिक स्थायित्वका विषयमा बुझाइ फरक भएको देखिएको उनको भनाई छ । कांग्रेस ठुलो दलहरूको समीकरणलाई राजनीतिक स्थायित्व भनिरहेको र एमाले लोकतन्त्रको अभ्यास र सरकार र प्रतिपक्षमा हुनुलाई भनिरहेको उनले बताए ।

राष्ट्रपति पौडेलसमक्ष सम्यक महादानको निमन्त्रणा

पाँचौँ मंका: खलः चेसमा रुपेश जैसवाल विजयी

त्रिनेत्र माध्यमिक विद्यालयद्वारा दीपावली तथा छठ पर्वको शुभकामना व्यक्त


अरुपनि पढ्नुहोस
सबै
तेहरानमा दुई ट्याङ्कर र एक पानी जहाजमा आगलागी भएको इरानको दावी

सातै प्रदेशमा जलन उपचार सेवा विस्तार गर्न जनशक्ति उत्पादन गर्दै सरकार

प्रधानमन्त्री राहत कोषमा मौज्दात १८ अर्ब ३७ करोड नाघ्यो

काठमाडौँ महानगरले तोकेको स्थानमा मात्र फूल बेच्न पाइने
















