मन्त्री पाण्डेद्धारा होटल व्याबसायी महाँसघ लुम्बिनी प्रदेशको अधिवेशन उद्घाटन

उमेश रोकाया


नेपालगञ्ज । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले होटल व्याबसायी महाँसघ लुम्बिनी प्रदेशको तेस्रो वार्षिक साधारण सभा तथा द्रोसो अधिवेशन शुक्रबार उद्घाटन गर्नु भएको छ । नेपालगञ्जमा जारी साधारण सभा तथा अधिवेशनको एक कार्यक्रकको बिच उद्घाटन गर्नु भएको हो । सो कार्यक्रमा बोल्दै मन्त्री पाण्डेले पर्यटन क्षेत्रकै रुपमा होटल क्षेत्र भएको बताउनु भएको छ ।
पर्यटक देशमा ल्याउनको लागी होटल क्षेत्रको ठुलो भुमिका रहेको बताउनु भयो । भुकम्प तथा कोभिडले थला परेको पर्यटन क्षेत्रलाई माथी उठाउनकाे लागी हाेटल क्षेत्रकाे ठुलाे भुमिका रहेकाे बताउनु भयाे । साथै संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले वर्तमान समय अनकुलको पर्यटन नीति बनाउने बताउनु भएको छ । उहाँले अध्ययन समितिले तीन महिनाभित्र पर्यटन नीतिमा गर्नुपर्ने सुझावसहितको प्रतिवेदन दिने गरी कार्यगत शर्त तोकिएको बताउनु भयो । उहाँले निष्ठा र इमानको राजनीतिलाई कुनैपनि किसिमको कलंक नलाग्ने किसिमले देश र पर्यटन मन्त्रालयको सेवा गर्ने बताउनु भयो ।
उहाँले भन्नु भयो, ‘निष्ठा र इमानको राजनीतिलाई कुनैपनि किसिमको कुनै पनि कलंक नलाग्ने किसिमले देश र पर्यटन मन्त्रालयको सेवा गर्न चाहन्छु । जनताले भ्रष्टाचारको न्युनीकरण खोजिरहेका छन् । सुशासनको प्रत्याभूति खोजिरहेका छन् । युवाहरु देशभित्र भविष्य खोज्ने चिन्तामा रहेका छन् । सबैको चिन्ता कम गर्ने दिशामा सरकार जानुपर्नेछ । ठूलो लगानी गर्ने वातावरण बनाउन सके मात्रै पर्यटकहरु मुलुकभित्र आउन सक्छन् । हाम्रा इन्जिनहरुलाई ठिकठाक बनाएर सर्भिसिङ गर्नुपर्नेछ । नेपालको पर्यटन क्षेत्रमा ठूलो लगानीसँगै लाखौं पर्यटकहरु भित्र्याउनुपर्ने छ । प
र्यटन क्षेत्रमा युवाहरुको आशा सञ्चार गर्ने गरी मुलुकमा नै बस्ने बनाउने गरी सिर्जनशिल र रचनात्मक रुपमा काम गर्नेछ ।’उहाँले नेपालको पर्यटन क्षेत्रमा ठूलो लगानीसँगै लाखौं पर्यटकहरु भित्र्याउने अवसर रहेको भन्दै आगामी दिनमा सोहीअनुसार काम गर्ने बतानु भयो ।

कृषि, जडीबुटी तथा पशुधन बिमा कार्यान्वयनको जिम्मा प्रदेश सरकारलाई

राष्ट्रपति पौडेलसमक्ष सम्यक महादानको निमन्त्रणा

पाँचौँ मंका: खलः चेसमा रुपेश जैसवाल विजयी

त्रिनेत्र माध्यमिक विद्यालयद्वारा दीपावली तथा छठ पर्वको शुभकामना व्यक्त
अरुपनि पढ्नुहोस
सबै

तेहरानमा दुई ट्याङ्कर र एक पानी जहाजमा आगलागी भएको इरानको दावी

सातै प्रदेशमा जलन उपचार सेवा विस्तार गर्न जनशक्ति उत्पादन गर्दै सरकार

प्रधानमन्त्री राहत कोषमा मौज्दात १८ अर्ब ३७ करोड नाघ्यो

















