काेशी प्रदेश सरकारबाट माओवादीका मन्त्रीले राजीनामा दिँदै

नवलपुर टुडे


विराटनगर । नेकपा माओवादी केन्द्र काेशी प्रदेश सरकारबाट बाहिरिने भएकाे छ । माओवादी केन्द्रबाट हिक्मतकुमार कार्की नेतृत्वको वर्तमान सरकारमा रहेका भाैतिक पूर्वाधार विकास मन्त्री गणेश उप्रेतीले आज पार्टी सरकारबाट बाहिरिने बताए।
`दलका नेताले आज सरकार छाेड्न भन्नुभएकाे छ । उहाँ आउँदै हुनुहुन्छ । त्यसपछि राजीनामा पत्र बुझाउँछाैं,´ उप्रेतीले भने । गत असार १७ गते केन्द्रमा नेपाली काङ्ग्रेस र नेकपा एमालेबीच गठबन्धन गर्ने सहमति भएपछि प्रतिपक्षमा पुगेको माओवादी केन्द्र कोशी सरकारबाट बाहिरिन लागेको हो ।
केन्द्रीय गठबन्धन अनुसारको सरकार निर्माण गर्नुपर्ने दबाबमा रहेका मुख्यमन्त्रीको सहजताको लागि सरकारबाट बाहिरिन लागेको माओवादीले जनाएको छ । कोशी सरकारमा माओवादीबाट भौतिक पूर्बाधार बिकास मन्त्रालयमा गणेश उप्रेती , स्वास्थयमा राजेन्द्र कार्की र पर्यटन, वन तथा वातावरण मन्त्रालयमा नारायण बहादुर मगर मन्त्री छन् । यस्तै पर्यटनमा बन्दना झागर राज्यमन्त्री छन् ।
संविधानको धारा १६८(५) अन्तरगत एमालेका ३९ र माओवादीका १३ जना प्रदेश सभा सदस्यको समर्थनमा हिक्मत कुमार कार्की वैशाख २७ गते मुख्यमन्त्रीमा नियुक्त भएका थिए ।

कृषि, जडीबुटी तथा पशुधन बिमा कार्यान्वयनको जिम्मा प्रदेश सरकारलाई

राष्ट्रपति पौडेलसमक्ष सम्यक महादानको निमन्त्रणा

पाँचौँ मंका: खलः चेसमा रुपेश जैसवाल विजयी

त्रिनेत्र माध्यमिक विद्यालयद्वारा दीपावली तथा छठ पर्वको शुभकामना व्यक्त
अरुपनि पढ्नुहोस
सबै

तेहरानमा दुई ट्याङ्कर र एक पानी जहाजमा आगलागी भएको इरानको दावी

सातै प्रदेशमा जलन उपचार सेवा विस्तार गर्न जनशक्ति उत्पादन गर्दै सरकार

प्रधानमन्त्री राहत कोषमा मौज्दात १८ अर्ब ३७ करोड नाघ्यो

















