रौतहटमा तस्करीको काठ बरामद, वन कर्मचारीको मिलोमतोमा तस्करीको आरोप

नवलपुर टुडे


रौतहट । रौतहटको गुजरा नगरपालिका–३ स्थित सिम्री ईलाकामा बुधबार तस्करले लैजान लागेको सालको गोलिया सशस्त्र प्रहरी र वनको संयुक्त गस्ती टोलीले बरामद गरेको छ । सशस्त्र प्रहरी बल नेपाल सुरक्षा बेस लक्ष्मीनिया र सवडिभिजन वन कार्यालय जंगलसहियाबाट खटेको संयुक्त टोलीले रौतहट र बाराको सीमामा पर्ने धन्सार खोला नजिक जंगलबाट चोरी कटान गरी झाडीमा लुकाइराखेको अवस्थामा १२ वटा गोलिया सालको काठ बरामद गरेको सशस्त्र प्रहरीका एसपी बिक्रम हुमागाईंले बताए ।
काठ कसले र कहाँ लैजान लागेको भन्ने यकिन भएको छैन । त्यस क्षेत्रमा लामो समयदेखि काठ तस्करी हुँदै आएको छ । वन कर्मचारीको मिलोमतोमा काठ तस्करी हुने गरेको आरोप लाग्दै आएको छ ।
डिभिजन वन अधिकृत शैलेन्द्र मिश्रले वन कर्मचारीको मिलोमतोमा तस्करी हुने गरेको भन्ने आरोप झुठो भएको दाबी गरे । बुधबार बरामद काठको बजार मूल्य १ लाख ८५ हजार पर्ने वनका कर्मचारीले बताए ।

राष्ट्रपति पौडेलसमक्ष सम्यक महादानको निमन्त्रणा

पाँचौँ मंका: खलः चेसमा रुपेश जैसवाल विजयी

त्रिनेत्र माध्यमिक विद्यालयद्वारा दीपावली तथा छठ पर्वको शुभकामना व्यक्त


अरुपनि पढ्नुहोस
सबै
तेहरानमा दुई ट्याङ्कर र एक पानी जहाजमा आगलागी भएको इरानको दावी

सातै प्रदेशमा जलन उपचार सेवा विस्तार गर्न जनशक्ति उत्पादन गर्दै सरकार

प्रधानमन्त्री राहत कोषमा मौज्दात १८ अर्ब ३७ करोड नाघ्यो

काठमाडौँ महानगरले तोकेको स्थानमा मात्र फूल बेच्न पाइने
















