बाजुरामा राजमार्गको पहिरो रोक्न त्रिपालको साहारा

उमेश रोकाया


बाजुरा– लगातारको अविरल वर्षाका कारण जिल्लाका विभिन्न ठाउँमा पहिरोका कारण सडक अवरुद्ध भएका छन् । वर्षा लगातार भएपछि पटक पटक अवरुद्ध हुदै आएको साँफे–मार्तडी राजमार्गमा पर्ने बडीमालिका नगरपालिका–९ कारागार नजिकै गएको पहिरोले अवरुद्ध हुन थालेपछि राजमार्गको पहिरो रोक्नका लागि त्रिपालको साहारा लिइएको छ । सदरमुकाम नजिकै पहिरो बग्न नरोकिएपछि जिल्ला प्रशासन कार्यालय बाजुराले सोमबार सुरक्षाकर्मी लगाएर पहिरो गएको ठाउँबाट करिव पाँच सय मिटर तल त्रिपाल विच्छ्याएको हो ।
अविरल वर्षाका कारण भिरालो जमिनमा पहिरो नरोकिएपछि जिल्ला प्रशासन कार्यालय बाजुरा र नेपाल रेडक्रस सोसाइटी बाजुराको सहयोगमा त्रिपाल पहिरो माथि विच्छ्याइएको हो । लगातार वर्षा भएका कारण पक्की सडकमा पहिरो गएर बाटो नै अवरुद्ध हुने अवस्था पुगेपछि कुनै विकल्प नहुँदा त्रिपाल हालेको प्रमुख जिल्ला अधिकारी भीमकान्त पौडेलले बताएका छन् । उनका अनुसार सडक डिजिभन कार्यालय साँफेबगरलाई पहिरो गएको ठाउँमा पर्खाल निर्माण गर्ने भनेको भएपनि वर्षाका कारण सम्भव नभएपछि त्रिपाल हालेर बाटो अवरुद्ध हुनबाट जोगाउने कार्य गरेको बताए ।
सदरमुकामको बाटो नै बन्द भएमा अन्य समस्या आउने अवस्थालाई मध्येनजर गर्दै बाटो बन्द हुन नदिन त्रिपालको साहारा लिएको प्रमुख जिल्ला अधिकारी पौडेलले स्वीकार गरेका छन् । उनले भने–“तत्कालको समस्या समाधान गर्नका लागि त्रिपाल हालिएको प्रति नकारात्मक टिप्पणी गर्नु उचित हुदैन । राम्रो काम गर्दा पनि विरोध नरगर्दा पनि विरोधको प्रवृत्ति प्रति दुखेसो प्रमुख जिल्ला अधिकारी पौडेललेको रहेको छ ।”
मंगलबार सडक डिभिजन कार्यालयलाई पहिरो गएको ठाउँमा मेसिनरी वाल हाल्नका लागि जिल्लामा बोलाएको प्रमुख जिल्ला अधिकारी पौडेलले बताएका छन् ।
लगातार वर्षाका कारण राजमार्गमा विभिन्न ठाउँमा जाने पहिरोका कारण दैनिक रुपमा लामो तथा छोटो दुरीमा संचालन हुदै आएका यात्रुबहाक र मालबहाक सवारी साधन अलपत्र पर्ने गरेका छन् ।
यस्तै सुदूरपश्चिम प्रदेशको गौरवको आयोजनाका रुपमा निर्माण भइरहेको उत्तरी भेगको चार पालिका जोड्ने मार्तडी– कोल्टी सडक तीन सातादेखि अवरुद्ध छ ।
बाउली र अनाई खोलामा पानीको बहाब बढेको र मार्तडी कोलटी सडकको जिल्लीमा पहिरो कारण अवरुद्ध बनेको सडक खुलाउन प्रयास भने हुन सकेको छैन ।
सडक संचालन नहुँदा त्यहाँका नागरिकले महंगो भाडामा यात्रा गर्नुपर्ने बाध्यता रहेको छ । ४२ किलोमिटर रहेको उक्त सडकमा एक हजार भाडा कायम गरिएको भएपनि वर्षायामको बाहना बनाउदै जीप व्यवसायीहरुले प्रति यात्रु एक हजार बढी भाडा असुल्ने गरेका छन् ।
सडक संचालन नहुँदा यात्रुहरु मारमा परेका छन् । जिल्लीको पहिरो पन्छ्याउनका लागि पहल भएको भएपनि वर्षा नरोकिएका कारण सम्भव नभएको जिल्ला प्रशासन कार्यालय बाजुराले जनाएको छ।

दाङमा दैनिक दुई हजार ५०० कार्टुन अण्डा उत्पादन

राहुघाटको सुरुङ प्रभावितलाई क्षतिपूर्ति वितरणको प्रक्रिया थालियो

बाख्रापालनको तरिका सिकाउँदै तनहुँ जलविद्युत् आयोजना


मौरिस हर्जोग पदमार्गमा सूचना केन्द्र स्थापना
अरुपनि पढ्नुहोस
सबै
बिर्तामोडमा आगलागीबाट ६ करोड बराबरको क्षति

आज तीनवटा प्रदेशका केही भूभागमा वर्षा र हिमपातको सम्भावना

औद्योगिक विकास र व्यापार सहजीकरणका लागि ‘नेपाल प्रत्यायन केन्द्र’ स्थापना

चौँरी गोठमै भेटियो पासाङलाई विदेशभन्दा राम्रो अवसर












