वाग्मती प्रदेशका मुख्यमन्त्री जम्कट्टेलले दिए राजीनामा

नवलपुर टुडे


मकवानपुर । वाग्मती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले मुख्यमन्त्री पदबाट राजीनामा दिएका छन् । सोमबार दिउँसो २ बजे बसेको प्रदेशसभा बैठकमा सम्बोधन गर्दै उनले नयाँ सरकार गठनका लागि मार्ग प्रशस्त गरेका हुन् । कांग्रेस–एमाले गठबन्धन बनेसँगै माओवादी केन्द्र संसदीय दलका नेता जम्कट्टेल नेतृत्वको वाग्मती प्रदेश सरकार अल्पमतमा परेको थियो ।
सरकार अल्पमतमा परेसँगै उनले सोमबार सदनमा विश्वासको मत लिने तयारी गरेका थिए । तर, सदन सञ्चालन हुने अन्तिम समयमा उनले विश्वासको मत नलिएर राजीनामा दिएका हुन् । सदनमा सम्बोधन गर्दै उनले राष्ट्रिय सहमतिका नाममा ठूला दुई दलले देशमा भएको परिवर्तनलाई मास्न खोजेको आरोप लगाएका छन् । उनले कांग्रेस–एमालेवीच भएको सहमति सार्वजनिक गर्न समेत माग गरेका छन् ।
उनले राजीनामा दिएसँगै वाग्मतीमा अब नेपाली कांग्रेसको नेतृत्वमा नयाँ सरकार गठन हुने भएको छ । कांग्रेस संसदीय दलका नेता बहादुरसिंह लामाले सरकारले नेतृत्व गर्ने भएका हुन् । कांग्रेस संसदीय दलको वैठकले उनको नेतृत्वमा नयाँ सरकार गठनको पहल गर्ने निर्णय गरिसकेको छ । वाग्मतीमा पहिलो पटक कांग्रेसको नेतृत्वमा सरकार निर्माण हुन लागेको हो ।
११० सदस्यीय प्रदेशसभामा सरकार निर्माणका लागि ५६ मत आवश्यक पर्छ । प्रदेशमा कांग्रेस र एमालेको सहजै बहुमत पुग्ने अवस्था छ । कांग्रेसका ३७, एमालेका २७ र राप्रपाका १३ सांसदले मुख्यमन्त्री जम्कट्टेललाई विश्वासको मत नदिने औपचारिक निर्णय नै गरिसकेका थिए । उनलाई माओवादीका २१, नेकपा (एस)का ७ र हाम्रो नेपाली पार्टीका २ सांसद मात्र मुख्यमन्त्रीको पक्षमा थिए ।

राष्ट्रपति पौडेलसमक्ष सम्यक महादानको निमन्त्रणा

पाँचौँ मंका: खलः चेसमा रुपेश जैसवाल विजयी

त्रिनेत्र माध्यमिक विद्यालयद्वारा दीपावली तथा छठ पर्वको शुभकामना व्यक्त


अरुपनि पढ्नुहोस
सबै
तेहरानमा दुई ट्याङ्कर र एक पानी जहाजमा आगलागी भएको इरानको दावी

सातै प्रदेशमा जलन उपचार सेवा विस्तार गर्न जनशक्ति उत्पादन गर्दै सरकार

प्रधानमन्त्री राहत कोषमा मौज्दात १८ अर्ब ३७ करोड नाघ्यो

काठमाडौँ महानगरले तोकेको स्थानमा मात्र फूल बेच्न पाइने
















