Opens in a new tab

रौतहटमा अवैध सालको गोलिया काठसहित सफारी गाडी बरामद

नवलपुर टुडे

29Shares
dida bag ad

रौतहट । रौतहटको गुजारा नगर क्षेत्रबाट अवैध सालको गोलिया काठसहित भारतीय नम्बरको सफारी गाडी बरामद गरिएको छ। नियन्त्रणमा लिएको एचपी ३१ सी ०७३३ नम्बरको सफारी गाडीमा जङ्गलबाट अवैध चोरीलुकी ल्याइएको ५ थान सालको गोलिया २० क्युबिफिट काठ बरामद भएको सशस्त्र प्रहरी रौतहटका प्रमुख एसपी विक्रम हुमागाईंले बताए। 

विशेष सूचनाको आधारमा सशस्त्र प्रहरीको अस्थायी बेस हरिनगरका प्रमुख सई कृष्णनन्दन यादवको कमान्डमा  सब डिभिजन वन कार्यालय जंगलसहियाबाट गएको संयुक्त टोलीले आज बिहान गुजरा ४ लालबकैया नदी किनारबाट उक्त काठ सहितको सफारी गाडी नियन्त्रणमा लिएको हो। 

गस्ती टोलीलाई देखेर गाडी चालक फरार भएको एसपी हुमागाईंले जानकारी दिएका छन्।बरामद काठ र गाडी सहितको कुल १५ लाख ६० हजार मूल्याङ्कन गरी आवश्यक कारबाहीको लागि सब डिभिजन बन कार्यालय जंगलसहियामा बुझाइएको सशस्त्र प्रहरी द्वारा जारी सूचनामा उल्लेख गरिएको छ।

अरुपनि पढ्नुहोस

सबै

रेल सेवा व्यवस्थित गर्न माग

२०८३ कार्तिक १९ | बिहान ०७:०७ बजे

मौरिस हर्जोग पदमार्गमा सूचना केन्द्र स्थापना

२०८३ कार्तिक १९ | बिहान ०७:०७ बजे

बिर्तामोडमा आगलागीबाट ६ करोड बराबरको क्षति

२०८३ कार्तिक १९ | बिहान ०७:०७ बजे