मुस्ताङमा ढिस्कोले पुरिएर दुई जना मजदुरको मृत्यु

नवलपुर टुडे


मुस्ताङ । मुस्ताङको घरपझोङ गाउँपालिका-५ ढुम्बामा नाली खन्नेक्रममा माटोको ढिस्कोले पुरिएर दुई जना मजदुरको मृत्यु भएको छ । मृत्यु हुनेमा सर्लाही जिल्लाको लालबन्दी नगरपालिका- १५ का २३ वर्षीय होमबहादुर बुढाथोकी र दाङको गढवा गाउँपालिका-१ का २२ वर्षीय रवि दर्लामी मगरको घटनास्थलमै मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव उपरीक्षक भोजराज पाण्डेयका अनुसार शुक्रबार दिउँसो १ बजे घरपझोङको ढुम्बास्थित कुछप तेरङ्गा गुम्बाको नाली खन्नेक्रममा माटोको ढिस्को खसेर पुरिँदा घटनास्थलमै मृत्यु भएको हुन।
घटनास्थल पुगेको सेना, प्रहरी समेतको सहयोगमा डोजर प्रयोग गरी ढिस्कोको माटो पन्छ्याएर शव निकालिएको र पोष्टमार्टमका लागि जिल्ला अस्पताल जोमसोम पुर्याइएको छ । प्रहरीले मृतकका आफन्तलाई घटनाबारे जानकारी गराइएको र आफन्त आएपछि शव बुझाइने जनाएको छ ।

कृषि, जडीबुटी तथा पशुधन बिमा कार्यान्वयनको जिम्मा प्रदेश सरकारलाई

राष्ट्रपति पौडेलसमक्ष सम्यक महादानको निमन्त्रणा

पाँचौँ मंका: खलः चेसमा रुपेश जैसवाल विजयी

त्रिनेत्र माध्यमिक विद्यालयद्वारा दीपावली तथा छठ पर्वको शुभकामना व्यक्त
अरुपनि पढ्नुहोस
सबै

तेहरानमा दुई ट्याङ्कर र एक पानी जहाजमा आगलागी भएको इरानको दावी

सातै प्रदेशमा जलन उपचार सेवा विस्तार गर्न जनशक्ति उत्पादन गर्दै सरकार

प्रधानमन्त्री राहत कोषमा मौज्दात १८ अर्ब ३७ करोड नाघ्यो

















