ताप्लेजुङमा ट्याक्टर दुर्घटनामा तामाङको मृत्यु

नवलपुर टुडे


ताप्लेजुङ, साउन ३ । ताप्लेजुङको मैवाखोला गाउँपालिकामा ट्याक्टर दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार मैवाखोला गाउँपालिका–२ ढुङ्गे साँघुका स्थानीय ३५ वर्षीय भीमकुमार तामाङको दुर्घटनामा परी मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका सूचना अधिकारी एवम् प्रहरी निरीक्षक कमलकुमार लुङगेलीका अनुसार प्र १–०२–००३ त ९६० नम्बरको ट्याक्टर दुर्घटना हुँदा तामाङ गम्भीर घाइते हुनुभएको थियो । टाउको र शरीरको विभिन्न भागमा चोट लागेका तामाङको जिल्ला अस्पतालमा उपचार सम्भव नभएपछि थप उपचारका लागि जिल्ला बाहिर लैजाने क्रममा बाटोमै मृत्यु भएको प्रहरी निरीक्षक लुङगेलीले जानकारी दिनुभयो ।
उहाँकाअनुसार मृतक तामाङ सव अहिले जिल्ला अस्पतालको सवगृहमा राखिएको छ । ढुङ्गेसाँघुको कागतेस्थित भित्री सडक भुसुने स्वास्थ्य इकाई देखि सोही टोल भुसुनेतर्फ जाँदै गरेको ट्याक्टर दुर्घटना भएको थियो । उकालो सडकमा ट्रली फसेपछि ट्याक्टर निकाल्ने प्रयास गर्दा करिव २० मिटर तल झरेर दुर्घटना भएको थियो ।
ट्याक्टरका चालक सोही ठाउँका सनबहादुर तामाङ भने सकुशल रहेका र तामाङलाई नियन्त्रणमा लिएर दुर्घटनाबारे अनुसन्धान सुरु गरेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ ।

कृषि, जडीबुटी तथा पशुधन बिमा कार्यान्वयनको जिम्मा प्रदेश सरकारलाई

राष्ट्रपति पौडेलसमक्ष सम्यक महादानको निमन्त्रणा

पाँचौँ मंका: खलः चेसमा रुपेश जैसवाल विजयी

त्रिनेत्र माध्यमिक विद्यालयद्वारा दीपावली तथा छठ पर्वको शुभकामना व्यक्त
अरुपनि पढ्नुहोस
सबै

तेहरानमा दुई ट्याङ्कर र एक पानी जहाजमा आगलागी भएको इरानको दावी

सातै प्रदेशमा जलन उपचार सेवा विस्तार गर्न जनशक्ति उत्पादन गर्दै सरकार

प्रधानमन्त्री राहत कोषमा मौज्दात १८ अर्ब ३७ करोड नाघ्यो

















