कर्णाली प्रदेशमा साउन १ गते सार्वजनिक बिदा

नवलपुर टुडे


सुर्खेत । कर्णाली प्रदेश सरकारले साउन १ गते सार्वजनिक बिदा दिने भएको छ । प्रदेशको आन्तरिक मामिला तथा योजना मन्त्रालयले आइतबार एक सूचना जारी गर्दै बिदा दिने जनाएको हो ।
साउने सङ्क्रान्ति तथा देउडा पर्वको अवसर पारेर सार्वजनिक बिदा दिइएको मन्त्रालयले जनाएको छ । साउन १ गते प्रदेशभित्र रहेका सम्पूर्ण सरकारी तथा सार्वजनिक संघ संस्थामा बिदा लागू हुने मन्त्रालयका निमित्त सचिव लीलाप्रसाद ढकालले जानकारी दिए ।
प्रदेश सरकारको २०८१ वैशाख १७ गते बसेको प्रदेश मन्त्रिपरिषद्को बैठकले साउन १ गते बिदा दिने निर्णय गरेको थियो ।

कृषि, जडीबुटी तथा पशुधन बिमा कार्यान्वयनको जिम्मा प्रदेश सरकारलाई

राष्ट्रपति पौडेलसमक्ष सम्यक महादानको निमन्त्रणा

पाँचौँ मंका: खलः चेसमा रुपेश जैसवाल विजयी

त्रिनेत्र माध्यमिक विद्यालयद्वारा दीपावली तथा छठ पर्वको शुभकामना व्यक्त
अरुपनि पढ्नुहोस
सबै

तेहरानमा दुई ट्याङ्कर र एक पानी जहाजमा आगलागी भएको इरानको दावी

सातै प्रदेशमा जलन उपचार सेवा विस्तार गर्न जनशक्ति उत्पादन गर्दै सरकार

प्रधानमन्त्री राहत कोषमा मौज्दात १८ अर्ब ३७ करोड नाघ्यो

















