गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा बुद्ध एयरको जहाज धावनमार्गमै फसे, विमानस्थल बन्द

नवलपुर टुडे


भैरहवा । गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरणका क्रममा बुद्ध एयरको जहाज धावनमार्गमै फसेपछि विमानस्थल बन्द रहेको छ। गएराति जहाज चिप्लिएर धावनमार्गको किनारमा चक्काले भुईँ (माटो) छुन पुगेको हो।
जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी नायब उपरीक्षक मनोहर प्रसाद भट्टले जहाज अहिले पनि धावनमार्गमै रहेको कारण विमानस्थल बन्द रहेको जानकारी दिए । उनका अनुसार काठमाडौँबाट गएराति ९:३० बजे उडान भरेको जहाज विमानस्थलको पूर्वबाट पश्चिमतर्फ अवतरण गर्नेक्रममा चिप्लिन पुगेको हो।
प्रवक्ता भट्टका अनुसार जहाजबाट सबै यात्रुलाई सकुशल सुरक्षित बाहिर निकालिएको छ। जहाजमा चालक दलका सदस्यसहित ५९ यात्रु सवार रहेका जनाइएको छ। गएराति जहाजलाई तानेर सुरक्षित स्थानतर्फ ल्याउने प्रयास गरेपनि नसकिएपछि काठमाडौंबाट थप प्राविधिक टोली भैरहवा बोलाइएको छ।

मौसम खुलेसँगै धान थन्क्याउन व्यस्त बने भोजपुरका किसान

प्रमुख सिँचाइ नहर प्रणाली पूर्ण क्षमतामा सञ्चालन

लक्ष्यभन्दा चार अर्ब बढी राजस्व उठायो भैरहवा भन्सारले

काठमाडौंमा प्रहरीको स्वीप अपरेसन, एक सातामा ६४० जना पक्राउ

बागलुङमा एकै पटक १५ बेलिब्रिज निर्माण हुँदै
अरुपनि पढ्नुहोस
सबै
यस्तो छ विदेशी मुद्राको विनिमय दर

फूलखेतीमा रमाउँदै कृषक, तिहारमा बजारको आश

बुद्ध एयरको उडान ढिलाइ हुँदा यात्रुहरू घण्टौँदेखि अलपत्र

चितवन राइनोजले प्रस्तुत गर्यो सुदूरपश्चिम रोयल्सविरुद्ध १३० रनको लक्ष्य
















