अपराध

पत्रकार धम्की काण्ड : प्रहरी सहायक निरिक्षक कमलेश साहलाई कारबाही गर्न पत्रकार महासंघको माग

नवलपुर टुडे
२०८१ असार २७ | मध्यान्ह ०७:०३ बजे

उमेश दुबे
बारा, असार २७ । नेपाल पत्रकार महासंघ बारा शाखाले पत्रकार महासघंका कार्य समिति सदस्य एवम शुभ आरम्भ राष्ट्रिय दैनिकका प्रकाशक अनिल पाण्डेले समचार लेखेकै आधारमा प्रहरी चौकी कचोर्वाका ईन्चार्ज प्रहरी सहायक निरिक्षक कमलेश साहले सरोकारनै नभएका अदालतले बैकिङ कसुरमा फरार रहेका धर्मेन्द यादबलाई प्रयोग गरी धम्की दिएको प्रति नेपाल पत्रकार महासंघ बारा शाखाको गम्भिर ध्यानाकर्षण भएको जनाएको छ ।

महासंघका अध्यक्ष रेशम तिवारीले समाचारको बिषयमा चित्त नबुझे कानुनी उपचार र अन्य उपाय हुदाहुदै पत्रकार पाण्डेलाई सुरक्षाकर्मीबाटै फरार अभियुक्तबाट धम्की दिने कार्यको घोर भत्सर्ना गर्दछौ । सुरक्षा प्रदान गर्ने सुरक्षानिकायबाट पत्रकार असुरक्षित हुनु पर्ने घटनामा तत्काल प्रहरी सहायक निरिक्षकमाथि कार्वाही र धम्की दिने यादबलाई पक्राउ गरी कार्वाही अघि बढाउन मागसमेत गरेको छ ।

तत्काल कार्वाही नभए पत्रकार महासंघ कार्वाहीका लागि अन्य विकल्पमासमेत जान सक्ने अध्यक्ष तिवारीद्धारा जारी विज्ञप्तीमा जनाईएको छ । पाण्डेको प्रकाशनमा सञ्चालित शुभ आरम्भ राष्ट्रिय दैनिकमा ईन्चार्ज साहले अनियमित रुपमा रकम असुल्दै आएको समाचार प्रकाशन भएको थियो । 

photo 2024 07 11 19 05 50

कमेन्टहरु