पोर्चुगललाई हराउँदै फ्रान्स सेमिफाइनलमा

नवलपुर टुडे


काठमाडौं । दोस्रो क्वार्टरफाइनलमा सन् २०१६ को विजेता पोर्चुगललाई पेनाल्टी सुटआउटमा हराउँदै फ्रान्स युरो–२०२४ को सेमिफाइनलमा प्रवेश गरेको छ ।शुक्रबार राति भल्क्सपार्क स्टाडियोनमा भएको खेलमा फ्रान्सले टाइब्रेकरमा ५–३ को जित निकाल्दै सेमिफाइनल यात्रा तय गरेको हो ।
पेनाल्टीमा फ्रान्सबाट प्रहारका लागि आएका पाँचजना खेलाडी नै गोल गर्न सफल बने । फ्रान्सका ओस्मान डेम्बेले, युसुफ फोफाना, जुलेस काउन्डे, ब्राड्ली बार्कोला र थियो हर्नान्डेजले गोल गरे । पोर्चुगलबाट प्रहारका लागि आएका चारमध्ये तीन खेलाडीमात्र गोल गर्न सफल बने ।
पोर्चुगलका कप्तान क्रिस्टियानो रोनाल्डो, बर्नार्डो सिल्भा र नुनो मेन्डिसको प्रहारले जाली चुमे पनि जाओ फेलिक्स भने पेनाल्टीमा चुके । उनको प्रहार पोस्टमा लागेर फर्किएपछि फ्रान्सले टाइब्रेकरमा एक गोलको अग्रता बनाएको थियो ।
त्यसअघि खेलको निर्धारित र अतिरिक्त समय गोलरहित बराबरीमा समाप्त भएपछि नतिजाको निर्णय पेनाल्टी सुटआउटबाट भएको हो । जितसँगै फ्रान्सले सन् २०१६ पछि युरोपियन च्याम्पियनसिपको सेमिफाइनलमा स्थान बनाएको छ । यसअघि २०१६ को संस्करणमा फाइनलसम्मको यात्रा तय गरे पनि पोर्चुगलसँग नै पराजित भएपछि फ्रान्स उपविजेतामा सीमित बनेको थियो ।
फाइनल प्रवेशका लागि अब फ्रान्सले स्पेनसँग खेल्नेछ । यसअघि स्पेनले पहिलो क्वार्टरफाइनलमा जर्मनलाई २–१ ले हराउँदै सेमिफाइनल यात्रा तय गरेको थियो ।

कृषि, जडीबुटी तथा पशुधन बिमा कार्यान्वयनको जिम्मा प्रदेश सरकारलाई

राष्ट्रपति पौडेलसमक्ष सम्यक महादानको निमन्त्रणा

पाँचौँ मंका: खलः चेसमा रुपेश जैसवाल विजयी

त्रिनेत्र माध्यमिक विद्यालयद्वारा दीपावली तथा छठ पर्वको शुभकामना व्यक्त
अरुपनि पढ्नुहोस
सबै

तेहरानमा दुई ट्याङ्कर र एक पानी जहाजमा आगलागी भएको इरानको दावी

सातै प्रदेशमा जलन उपचार सेवा विस्तार गर्न जनशक्ति उत्पादन गर्दै सरकार

प्रधानमन्त्री राहत कोषमा मौज्दात १८ अर्ब ३७ करोड नाघ्यो

















