एमालेले लियो लुम्बिनी सरकारलाई दिएको समर्थन फिर्ता

नवलपुर टुडे


बुटवल । नेकपा एमालेले लुम्बिनी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । बिहीबार एमालेका ५ मन्त्रीले मुख्यमन्त्री जोखबहादुर महरालाई राजीनामा बुझाउँदै सरकारलाई दिएको समर्थन फिर्ता लिएको पनि जानकारी गराएका हुन् ।
केन्द्रमा नेपाली कांग्रेस र एमालेबिच सत्ता गठबन्धन बनाउने सहमति भएपछि एमालेका मन्त्री चेतनारायण आचार्य, दिनेश पन्थी, भूमीश्वर ढकाल, अर्जुन कुमार केसी र रत्नबहादुर खत्रीले राजीनामा बुझाएका छन् । एमाले लुम्बिनी प्रदेश संसदीय दलका नेता लीला गिरीले सरकारबाट समर्थन फिर्ता लिएको र मन्त्रीहरूले पनि राजीनामा बुझाएको बताए ।
यसअघि बिहीबार दिउसो मुख्यमन्त्री महरालाई भेटेर राजीनामा दिएर मार्ग प्रशस्त गर्न आग्रह गरिएको एमालेका सचेतक तुलसी चौधरीले जानकारी दिए ।


कृषि, जडीबुटी तथा पशुधन बिमा कार्यान्वयनको जिम्मा प्रदेश सरकारलाई

राष्ट्रपति पौडेलसमक्ष सम्यक महादानको निमन्त्रणा

पाँचौँ मंका: खलः चेसमा रुपेश जैसवाल विजयी

त्रिनेत्र माध्यमिक विद्यालयद्वारा दीपावली तथा छठ पर्वको शुभकामना व्यक्त
अरुपनि पढ्नुहोस
सबै

तेहरानमा दुई ट्याङ्कर र एक पानी जहाजमा आगलागी भएको इरानको दावी

सातै प्रदेशमा जलन उपचार सेवा विस्तार गर्न जनशक्ति उत्पादन गर्दै सरकार

प्रधानमन्त्री राहत कोषमा मौज्दात १८ अर्ब ३७ करोड नाघ्यो

















