एमाले अध्यक्ष ओली एसईई उत्तीर्ण विद्यार्थीलाई सम्मान गर्न आज बुटवल आउन

नवलपुर टुडे


बुटवल । नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओली आज बुटवल आउने भएका छन् ।
एसईई उत्तीर्ण विद्यार्थीलाई सम्मान गर्न ओली बुटवल आउन लागेका हुन् । बुटवलको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा रुपन्देहीका विद्यालयबाट २०८० सालको एसईई मा ३.६ भन्दा माथि जीपीए प्राप्त गर्न सफल एक हजार २८ विद्यार्थीलाई एकै ठाउँ सहभागी गराएर पार्टी अध्यक्ष ओलीमार्फत सम्मानको कार्यक्रम तय गरिएको अनेरास्ववियु रुपन्देहीका अध्यक्ष भरत अर्यालले बताए ।
दिउँसो साढे १ बजे हुने कार्यक्रममा एमाले अध्यक्ष ओलीले बालबालिकासँग अन्तर्क्रिया पनि गर्ने छन् । एमाले रुपन्देहीका उपसचिव बाबुराम पन्थीले अध्यक्ष ओलीसँग बालबालिकाहरूको अन्तर्क्रिया हुने भएपछि विभिन्न विद्यालयका प्राचार्य, शिक्षक तथा बुद्धिजीवीहरूको पनि कार्यक्रममा सहभागिता रहने बताए ।
कार्यक्रममा अध्यक्ष ओलीसहित उपाध्यक्ष एवं रुपन्देही–२ का प्रतिनिधिसभा सदस्य विष्णु पौडेलको पनि सहभागी रहने छ ।

कृषि, जडीबुटी तथा पशुधन बिमा कार्यान्वयनको जिम्मा प्रदेश सरकारलाई

राष्ट्रपति पौडेलसमक्ष सम्यक महादानको निमन्त्रणा

पाँचौँ मंका: खलः चेसमा रुपेश जैसवाल विजयी

त्रिनेत्र माध्यमिक विद्यालयद्वारा दीपावली तथा छठ पर्वको शुभकामना व्यक्त
अरुपनि पढ्नुहोस
सबै

तेहरानमा दुई ट्याङ्कर र एक पानी जहाजमा आगलागी भएको इरानको दावी

सातै प्रदेशमा जलन उपचार सेवा विस्तार गर्न जनशक्ति उत्पादन गर्दै सरकार

प्रधानमन्त्री राहत कोषमा मौज्दात १८ अर्ब ३७ करोड नाघ्यो

















