राजनीति

सरकारलाई दिएको समर्थन फिर्ता लिने एमालेको निर्णय

नवलपुर टुडे
२०८१ असार १९ | मध्यान्ह ०७:०३ बजे

काठमाडौं, असार १९ । नेकपा एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको छ । बुधबार एमालेले पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको हो ।

नयाँ समीकरण बनिसकेकोले प्रधानमन्त्री प्रचण्डले पद त्याग्न नमानेपछि एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिने स्थितिमा पुगेको एमालेका प्रमुख सचेतक महेश बर्तौलाले बताए । उनका अनुसार प्रधानमन्त्री प्रचण्डलाई आज (बुधबार) नै भेटेर मन्त्रीहरूले राजीनामा बुझाउने र सरकारलाई दिएको समर्थन फिर्ता लिएको जानकारी गराउने छ ।

एमाले र नेपाली कांग्रेसबिच केपी शर्मा ओलीको नेतृत्वमा नयाँ सरकार बनाउने सहमति भएपछि मंगलबार बसेको एमाले सचिवालय बैठकले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई बुधबारसम्म राजीनामा दिन आग्रह गरेको थियो । तर प्रधानमन्त्री प्रचण्डले राजीनामा नदिएपछि एमालेले समर्थन फिर्ता लिएको र मन्त्रीहरूले राजीनामा दिन लागेको हो ।

कमेन्टहरु