रौतहटबाट भारत लान लागिएका ९ गाईसहित तस्कर पक्राउ

नवलपुर टुडे


रौतहट । रौतहट स्थित प्रहरी गस्ती टोलीले तस्करी मार्फत रौतहटबाट भारत तर्फ लागिरहेको ९ थान गाईसहित एकजना तस्करलाई पक्राउ गरेको छ ।
विशेष सुराकीको आधारमा मंगलवार साँझ जिल्ला प्रहरी कार्यालय गौरबाट खटिएको गस्ती टोलीले माधव नारायण नगरपालिका १ दिपहीबाट अवैध रूपमा गाई र बाछो भारत तर्फ लैजाँदै गरेको अवस्थामा देवाहीगोनाही नगरपालिका २ करुनिया टोलका शेख आबिद आलमलाई पक्राउ गरेको हो।
गाई ८ वटा र एक बाछोसहित पक्राउ परेका आबिद आलमलाई आवश्यक कारबाहीको लागी जिल्ला भन्सार कार्यालय गौरमा दाखिला गरिएको र मुख्य तस्कर गाई धनी फरार रहेकोले निजको खोज तलास भई रहेको जिल्ला प्रहरी प्रवक्ता डिएसपी एलिजा गिरीले बताइन्।

राष्ट्रपति पौडेलसमक्ष सम्यक महादानको निमन्त्रणा

पाँचौँ मंका: खलः चेसमा रुपेश जैसवाल विजयी

त्रिनेत्र माध्यमिक विद्यालयद्वारा दीपावली तथा छठ पर्वको शुभकामना व्यक्त


अरुपनि पढ्नुहोस
सबै
तेहरानमा दुई ट्याङ्कर र एक पानी जहाजमा आगलागी भएको इरानको दावी

सातै प्रदेशमा जलन उपचार सेवा विस्तार गर्न जनशक्ति उत्पादन गर्दै सरकार

प्रधानमन्त्री राहत कोषमा मौज्दात १८ अर्ब ३७ करोड नाघ्यो

काठमाडौँ महानगरले तोकेको स्थानमा मात्र फूल बेच्न पाइने
















