गण्डकी प्रदेशमा फेरि मन्त्री बन्दै फणीन्द्र देवकोटा

नवलपुर टुडे


पोखरा । गण्डकी प्रदेशसभा सदस्य फणीन्द्र देवकोटा पुनः मन्त्री बन्ने भएका छन् । नेकपा माओवादी केन्द्रको कारबाहीपछि ३ दिनमै पदमुक्त भएका फणीन्द्र पुनः मन्त्री बन्न लागेका हुन् । उनलाई आइतबार बिहान शपथ खुवाउने तयारी भइरहेको छ । गण्डकीका प्रदेश प्रमुख कार्यालयका डिल्लीराज भट्टले आइतबार बिहान साढे १० बजे नेपाल पर्यटन बोर्डको सभाहलमा शपथ खुवाउने गरी तयारी भएको जानकारी दिए ।
देवकोटालाई पुरानै ऊर्जा, जलस्रोत तथा खानेपानी मन्त्रालयको जिम्मेवारी प्रदान गर्न लागिएको मुख्यमन्त्रीको सचिवालयले जनाएको छ । यसअघि बिहीबार नै मन्त्री नियुक्त गर्ने तयारी थियो । तर, सभामुख कृष्णप्रसाद धितालले प्रदेशसभा बैठकमा प्रवेश गर्न रोक लगाएसँगै रोकिएको थियो ।
गत जेठ २८ गते मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेलाई विश्वासको मत दिएका देवकोटा भोलिपल्टै मन्त्री बनेका थिए । तर, पार्टीको ह्वीप नमानेको भन्दै जेठ ३२ मा माओवादीले उनलाई कारबाही गरेको थियो । कारबाहीपछि फणीन्द्र सर्वोच्च अदालत पुगेका थिए । सर्वोच्चले गत सोमबार कारबाही गर्ने निर्णय कार्यान्वयन नगर्न आदेश दिएसँगै देवकोटा प्रदेशसभा प्रवेश गर्ने बाटो खुलेको थियो ।

कृषि, जडीबुटी तथा पशुधन बिमा कार्यान्वयनको जिम्मा प्रदेश सरकारलाई

राष्ट्रपति पौडेलसमक्ष सम्यक महादानको निमन्त्रणा

पाँचौँ मंका: खलः चेसमा रुपेश जैसवाल विजयी

त्रिनेत्र माध्यमिक विद्यालयद्वारा दीपावली तथा छठ पर्वको शुभकामना व्यक्त
अरुपनि पढ्नुहोस
सबै

तेहरानमा दुई ट्याङ्कर र एक पानी जहाजमा आगलागी भएको इरानको दावी

सातै प्रदेशमा जलन उपचार सेवा विस्तार गर्न जनशक्ति उत्पादन गर्दै सरकार

प्रधानमन्त्री राहत कोषमा मौज्दात १८ अर्ब ३७ करोड नाघ्यो

















