काठमाडौंमा कलभर्टमा कार खस्दा चालकको मृत्यु

नवलपुर टुडे


काठमाडौं, असार १४ । काठमाडौंको नागार्जुन नगरपालिका – ६ रामकोटस्थित छमछमे खोलाको कलभर्टमा कार खस्दा चालकको मृत्यु भएको छ ।
शुक्रबार बिहान साढे २ बजे बाप्र ०२७ च ०४९१ नम्बरको कार कलभर्टमा खसेको थियो । उक्त दुर्घटनामा चालक नागर्जुन नगरपालिका-६ खरिबोटका अन्दाजी ४०/५० वर्षका पूर्ण दर्नालको मृत्यु भएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी नवराज अधिकारीले जानकारी दिए ।
दुर्घटनाको जानकारी पाएलगत्तै प्रहरी टोली घटनास्थल पुगेर तीन घन्टापछि कार चालकलाई बिहान साढे ५ बजे उद्धार गरेको थियो । उद्धारपश्चात उपचारका लागि मनमोहन मेमोरियल अस्पताल लगिएकोमा बिहान ५:४५ बजे दर्नाललाई चिकित्सकले मृत घोषणा गरेको हो ।

कृषि, जडीबुटी तथा पशुधन बिमा कार्यान्वयनको जिम्मा प्रदेश सरकारलाई

राष्ट्रपति पौडेलसमक्ष सम्यक महादानको निमन्त्रणा

पाँचौँ मंका: खलः चेसमा रुपेश जैसवाल विजयी

त्रिनेत्र माध्यमिक विद्यालयद्वारा दीपावली तथा छठ पर्वको शुभकामना व्यक्त
अरुपनि पढ्नुहोस
सबै

तेहरानमा दुई ट्याङ्कर र एक पानी जहाजमा आगलागी भएको इरानको दावी

सातै प्रदेशमा जलन उपचार सेवा विस्तार गर्न जनशक्ति उत्पादन गर्दै सरकार

प्रधानमन्त्री राहत कोषमा मौज्दात १८ अर्ब ३७ करोड नाघ्यो

















