काठमाडौंमा स्रोत नखुलेको २० लाख रुपैयाँसहित भारतीय नागरिक पक्राउ

नवलपुर टुडे
२०८१ असार १२ | मध्यान्ह ०७:०३ बजे

काठमाडौं । प्रहरीले स्रोत नखुलेको २० लाख ४० हजार रुपैयाँसहित एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारत बिहारका ३८ वर्षीय निरन्जन कुमार छन् ।
उनी काठमाडौं ब्रम्हटोलस्थित प्रतीक इन्टरप्राइजेजका सञ्चालक समेत हुन् । प्रहरीको अनुसन्धानका क्रममा उनले करिब सात करोड बराबरको क्रिप्टो करेन्सीको कारोबार समेत गरेको खुलेको छ ।
उनलाई काठमाडौं प्रहरीको विशेष टोलीले मंगलबार पक्राउ गरेको हो । पक्राउ परेका उनीमाथि थप अनुसन्धान भइरहेको काठमाडौं प्रहरीका एसपी नवराज अधिकारीले जानकारी दिए ।























