टी-२० विश्वकप : बङ्गलादेशमाथि भारतको सानदार जित

नवलपुर टुडे


सेन्ट भिन्सेन्ट । बङ्गलादेशमाथि सानदार जित निकाल्दै भारत आइसिसी टी-२० विश्वकपको सेमिफाइनल नजिक पुगेको छ । सुपर आठअन्तर्गत एन्टीगुवास्थित सर भिभिएन रिचार्ड्स स्टेडियममा शनिबार राति भएको खेलमा भारतले बङ्गलादेशलाई ५० रनले हरायो ।
सुपर आठमा लगातार दोस्रो जितसँगै भारतले सेमिफाइनल पुग्ने सम्भावना बलियो बनाएको छ । अघिल्लो खेलमा भारतले अफगानिस्तानलाई ४७ रनले हराएको थियो ।
जितसँगै सुपर आठको समूह ‘ए’ मा रहेको भारत चार अङ्कसहित शीर्षस्थानमा छ । एक खेलबाट दुई अङ्क बनाएको अष्ट्रेलिया दोस्रो स्थानमा छ । लगातार दोस्रो हार खेपेको बङ्गलादेशको सेमिफाइनल पुग्ने सम्भावना कमजोर बनेको छ । पहिलो खेलमा हार खेपेको अफगानिस्तान पनि अङ्कबिहिन छ ।
जितका लागि भारतले दिएको एक सय ९७ रनको लक्ष्य पछ्याएको बङ्गलादेश निर्धारित २० ओभरमा आठ विकेटको क्षतिमा एक सय ४६ रनमा समेटिएको थियो ।
बङ्गलादेशका लागि कप्तान नाज्मुल हसन सान्टोले सर्वाधिक ४० रन बनाउनुभयो । यस्तै तान्जिद हसनले २९, ऋषाद होसेनले २४, लिटन दास र महमुदुल्लाहले समान १३/१३ तथा साकिब अल हसनले ११ रन बनाउनुभयो ।
बलिङमा भारतका कुलदीप यादवले तीन विकेट लिनुभयो । अर्शदिप सिंह र जसप्रित बुम्राहले समान दुई दुई तथा हार्दिक पाण्डेयले एक विकेट लिनुभयो ।
यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा पाँच विकेटको क्षतिमा एक सय ९६ रन बनाएको थियो ।
भारतका लागि हार्दिक पाण्डेयले सर्वाधिक ५० रन बनाउनुभयो । यस्तै विराट कोहलीले ३७, ऋषभ पन्तले ३६, शिभम् दुबेले ३४ र कप्तान रोहित शर्माले २३ रन जोड्नुभयो ।
बलिङमा बङ्गलादेशका तान्जिम हसन सकिब र ऋषाद होसेनले दुई दुई विकेट लिनुभयो । साकिब अल हसनले एक विकेट झार्नुभयो ।

कृषि, जडीबुटी तथा पशुधन बिमा कार्यान्वयनको जिम्मा प्रदेश सरकारलाई

राष्ट्रपति पौडेलसमक्ष सम्यक महादानको निमन्त्रणा

पाँचौँ मंका: खलः चेसमा रुपेश जैसवाल विजयी

त्रिनेत्र माध्यमिक विद्यालयद्वारा दीपावली तथा छठ पर्वको शुभकामना व्यक्त
अरुपनि पढ्नुहोस
सबै

तेहरानमा दुई ट्याङ्कर र एक पानी जहाजमा आगलागी भएको इरानको दावी

सातै प्रदेशमा जलन उपचार सेवा विस्तार गर्न जनशक्ति उत्पादन गर्दै सरकार

प्रधानमन्त्री राहत कोषमा मौज्दात १८ अर्ब ३७ करोड नाघ्यो

















