फेवातालमा पौडी खेल्दा डुबेर एक युवकको मृत्यु

नवलपुर टुडे


पोखरा, असार ७ । फेवातालमा पौडी खेल्ने क्रममा डुबेर एक जनाको मृत्यु भएको छ। पोखरा महानगरपालिका-६ लेकसाइडस्थित फेवाताल चिसापानीमा पौडी खेल्ने क्रममा कास्की अन्नपूर्ण गाउँपालिका-१ नौडाँडा घर भएका अन्दाजी २१ वर्षीय सञ्जय भण्डारीको डुबेर मृत्यु भएको कालिका गणका गणपति एसपी अरूणकुमार शर्माले जानकारी दिए।
उनका अनुसार शुक्रबार दिउँसो भण्डारीसहित ५ जना पौडी खेल्न गएका थिए। भण्डारी पौडी खेल्ने क्रममा बेपत्ता भएको खबर फेवाताल रेस्क्यू टावर प्राप्त हुनसाथ सशस्त्र प्रहरी बल नेपालको गोताखोर टोलीले खोजीकार्य सुरू गरेको थियो। गोताखोर टोलीले अचेत अवस्थामा भेटाएको उनलाई उपचारका लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाएको थियो।
अस्पतालले साढे ५ बजेतिर मृत्यु घोषित गरिदिएको एसपी शर्माले बताए।

कृषि, जडीबुटी तथा पशुधन बिमा कार्यान्वयनको जिम्मा प्रदेश सरकारलाई

राष्ट्रपति पौडेलसमक्ष सम्यक महादानको निमन्त्रणा

पाँचौँ मंका: खलः चेसमा रुपेश जैसवाल विजयी

त्रिनेत्र माध्यमिक विद्यालयद्वारा दीपावली तथा छठ पर्वको शुभकामना व्यक्त
अरुपनि पढ्नुहोस
सबै

तेहरानमा दुई ट्याङ्कर र एक पानी जहाजमा आगलागी भएको इरानको दावी

सातै प्रदेशमा जलन उपचार सेवा विस्तार गर्न जनशक्ति उत्पादन गर्दै सरकार

प्रधानमन्त्री राहत कोषमा मौज्दात १८ अर्ब ३७ करोड नाघ्यो

















